Logo

कोभिड-१९ महामारीले पर्यटन उद्योगमा १९५ बिलियन डलरको घाटा, यी हुन् सबैभन्दा बढी प्रभावित देशहरु

कोभिड-१९ महामारीले पर्यटन उद्योगमा १९५ बिलियन डलरको घाटा, यी हुन् सबैभन्दा बढी प्रभावित देशहरु



काठमाडौं । यात्रा र पर्यटन कोभिड–१९ बाट सबैभन्दा गम्भीर रूपमा प्रभावित हुने मुख्य उद्योगहरू मध्ये एक हो । यसले विश्वव्यापी महामारीको प्रकोपका कारण धेरै देशहरूलाई पर्यटकहरूको लागि आफ्नो सिमाना बन्द गर्न बाहेक अरू कुनै विकल्प थिएन । यी यात्रा प्रतिबन्धको परिणामस्वरूप, धेरै एयरलाइन्स र टूर अपरेटरहरूले लामो समयदेखिका बुकिङ भएका छुट्टीहरू रद्द गर्नुपर्यो, जसका कारण विश्व पर्यटनले इतिहासकै ठूलो गिरावटको सामना गर्नुपर्यो ।

laxmi

पर्यटन सम्बन्धमा आधिकारिक easta.com ले गरेको अध्ययनमा यो अवधिमा धेरै देशमा ठूलो राजस्व घाटाका कारण प्रति देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गम्भीर धक्का पुगेको जनाएको छ । कोभिड–१९ को कारणले पर्यटनमा परेको असरका कारण धेरै देशहरुमा गम्भीर आर्थिक प्रभाव पारेको छ भन्ने कुरा देखाउँदछ ।

सन् २०१९ मा विश्वव्यापी यात्रा र पर्यटनले विश्वको जीडीपीमा ८ दशमलव ९ ट्रिलियन डलर योगदान गुर्याएको थियो । यद्यपि वर्तमान महामारीको कारण विश्व पर्यटनमा कोभिड–१९ को आर्थिक प्रभावले २०२० को पहिलो चार महिनामा विश्वव्यापी १९५ अर्ब डलर राजस्व घाटा पारेको छ ।


कोभिडको कारण सबैभन्दा बढी पर्यटन राजस्व घाटा भएका देशहरू :

सन् २०१८ मा पर्यटनले अमेरिकामा ७ दशमलव ८ मिलियन रोजगारी श्रृजना गरेको थियो र यो अमेरिकाको जीडीपीको २ दशमलव ५५ रहेको थियो । तर, विश्वमा सबैभन्दा धेरै संख्यामा कोभिड–१९ को प्रभावका कारण अमेरिकालेहरूले पहिलो चार महिनामा ३१ मिलियन डलरको कुल राजस्व घाटा बेहोरेको छ । मार्च २०२० को अन्तसम्ममा अमेरिकाका ५० वटा राज्यमध्ये ३१ मा बन्दाबन्दी भएको थियो । यही महिनामा सेन्जेन जोन, बेलायत वा आयरल्याण्डबाट यात्रा गर्ने जो कोहीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्धित गरिएको थियो, जसले अमेरिाकाको पर्यटन राजस्वमा ठूलो प्रभाव पर्यो ।

युरोप पर्यटनमा सबैभन्दा धेरै गम्भीर असर परेको क्षेत्र हो । कोभिडबाट सबैभन्दा बढी आर्थिक असर परेका १० देशहरु मध्ये आधा युरोपमा रहेका छन् । पर्यटक राजस्वमा सबैभन्दा बढी नोक्सानी भोग्नुपरेका देशहरुमा स्पेन, फ्रान्स, जर्मनी, इटाली र बेलायत सबैभन्दा शीर्ष सूचीमा रहेका छन् ।

जूनमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा ९८ प्रतिशत गिरावट आएको छ । यूरोपियन देशहरु मध्ये स्पेनले सबैभन्दा बढी ९ दशमलव ७४ मिलियन राजस्व घाटा बेहोरेको छ । फ्रान्स विश्वको सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने देश हो । जहाँ ८९ मिलियन पर्यटकले वार्षिक भ्रमण गर्ने गर्दछन् । तर कोभिड–१९ को प्रभावले फ्रान्समा कुल राजस्व घाटा ८ दशमलव ७६७ मिलियन पुगेको छ । यो महत्वपूर्ण घाटा विश्वव्यापी महामारीको कारण सबैभन्दा बढी राजस्व घाटा बेहोर्ने यूरोपको दोस्रो र विश्वको तेस्रो देश बन्यो ।

कोडिभले पर्यटनमा पारेका असरका कारण उच्च रुपमा जीडीपी गुमाएका देशहरू :

टक्र्स र क्याकोस टापुहरूले २ मार्च २०२० देखि २२ जुलाई २०२० सम्म पर्यटकहरूको लागिसीमा बन्द गरे । जसले गर्दा टापुहरूको देशलाई सबैभन्दा बढी जीडीपी घाटा ९ दशमलव.२ प्रतिशतको सामना गर्नु पर्यो । टक्र्स र काइकोसको अर्थव्यवस्था अमेरिकी पर्यटनमा प्रमुख रूपमा निर्भर छ । जहाँ अमेरिकी पर्यटक विलासी लक्जरी बिदाको गन्तव्यको रुपमा पुग्ने गर्दछन् । जसको मतलब यो हो कि यात्रा प्रतिबन्धले यी देशमा एक महिनामा अनुमानित २२ मिलियन डलर घाटा भयो ।

दक्षिणी क्यारिबियन सागरमा अवस्थित विख्यात लक्जरी छुट्टी गन्तव्य, अरुबाले प्रायः प्रत्येक वर्ष अनुमानित १० लाख पर्यटकहरूलाई सानो टापुमा स्वागत गर्दछ । कोभिड–१९को प्रभावले यो देशलाई दोस्रो स्थानमा ल्याएको छ किनकि यसले ९ प्रतिशत जीडीपी घाटा भोगेको छ ।

मकाउ विश्वकै जुवा खेल्ने केन्द्रको रूपमा परिचित छ, तर चीनले पर्यटक भिसामा प्रतिबन्ध लगाएको छ र कोभिड–१९ का कारणले समग्रमा चीनमा ठूलो असर पारेको छ, मकाउको गेमिङ राजस्व जुलाईमा ९४ दशमलव ५ प्रतिशतले घटेको छ । गेमिंग पर्यटनको मुख्य स्रोत भएको कारण, मकाउ जीडीपीमा सबैभन्दा बढी ८ दशमलव ८ प्रतिशत घाटाको साथ तेस्रो स्थानमा छ ।

क्यारेबियनले जीडीपी घाटाको उच्च प्रतिशतको साथ शीर्ष १० देशहरूको आधा हिस्सा आगेट्छ । गत वर्ष ३१ मिलियन पर्यटकहरुले क्यारेबियन देशका् भ्रमण गरेका थिए । जसमा आधाभन्दा बढी अमेरिकाका पर्यटक थिए । तर, कोभिड–१९ को कारण विश्वभर यात्रा प्रतिबन्ध लगाइएको थियो । जसका कारण धेरैजसो क्यारिबियन देशहरूको जीडीपीको यलअभ ५० देखि ९० प्रतिशत हिस्सा रहेको पर्यटकको संख्यामा उल्लेख्य ह्रास आएको छ ।

सबैभन्दा बढी प्रभावित हुनेहरूको सूचीमा रहेका क्यारेबियनका देशहरूमा टक्र्स र क्याकोस टापुहरू, अरुबा, एन्टिगुवा र बार्बुडा, सेन्ट लुसिया र ग्रेनाडाका रहेका छन् । यी राष्ट्रहरुको जीडीपी सबैभन्दा बढी प्रभावित राष्ट्रहरुमा अग्रस्थानमा रहेको छ ।-https://www.traveldailynews.com अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL