Logo

विदेशमा अलपत्र नेपाली लिएर आयो सलाम एयर, ओमनबाट १६६ नेपाली लिएर टीआईएमा अवतरण

विदेशमा अलपत्र नेपाली लिएर आयो सलाम एयर, ओमनबाट १६६ नेपाली लिएर टीआईएमा अवतरण



काठमाडौं । सलाम एयरले ओमानबाट १ सय ६६ यात्रु बोकेर काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । बिदेसमा अलपत्र परेका नेपालीलाई ल्याएर सलाम एयरको विमान सोमबार नेपाल आईपुगेको हो ।

laxmi

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार कार्य अघि बढाएको छ । जसअनुसार पहिलो चरणमा २५ हजार नेपाली स्वदेश फिर्ता ल्याउने कार्य अघि बढेको हो ।

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले विदेशमा रहेका नेपालीहरुलाई टिकट उपलब्ध गराएको हो ।

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL