Logo

कुवेतबाट आईपुगे ३ सय जना नेपाली, साझा यातायातमार्फत लगियो होल्डिङ सेन्टर

कुवेतबाट आईपुगे ३ सय जना नेपाली, साझा यातायातमार्फत लगियो होल्डिङ सेन्टर



काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका ३ सय जना नेपाली आज काठमाडौं आइपुगेका छन । कुवेतको जजिर एयरलाईन्सको पहिलो उडानबाट १५१ जना र दोस्रो उडानबाट १४९ जना नेपाली महिलाहरु स्वदेश फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार पहिलो उडानबाट आउनेहरु बिहान ११ बजे काठमाडौ अवतरण गरेका थिए भने दोस्रो उडानबाट आएकाहरु केहीबेर अघिमात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यस अघि सरकारले म्यानमार र दुबईबाट क्रमश २६ जना र १६८ जना नेपालीलाई स्वदेश ल्याईसकेका छन । विदेशबाट आउने नेपालीहरुलाई सरकारले तयार गरेको ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई साझा यातायातमा राखेर होल्डिङ सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL