Logo

हानको अडान : कर्मचारीलाई १२.५% भन्दा तलब दिन सक्दैनौं, नपुग तलब सरकारले दिनु पर्छ

हानको अडान : कर्मचारीलाई १२.५% भन्दा तलब दिन सक्दैनौं, नपुग तलब सरकारले दिनु पर्छ



काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) ले कर्मचारीहरुको तलब १२ दशमलब ५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान लिएको छ । हानले आफूमा आवद्ध होटलहरुले कर्मचारीहरुलाई १२ दशमलब ५ प्रतिशतमात्र तलब दिने कुरा दोर्होर्याउँदै बिहीबार एक बिज्ञप्ती जारी गरेको हो ।

laxmi

हानको बिज्ञप्तीमा कर्मचारीहरुको आधारभूत तलबमानको १२.५ प्रतिशत रकम र होटलहरुमा विगतमा मौज्दात रहेको सेवा शुल्क वापतको प्राप्त गर्ने रकम थप गरेर होटलहरुले ६ महिनासम्म तलब दिने बताएको छ । हानले जारी गरेको विज्ञप्तिमा १२.५ प्रतिशत रकममात्र दिने र कर्मचारीको जीवनयापन गर्न अपुग रकम रोजगारी संरक्षण कोष स्थापना गरेर सरकारले नै उपलब्ध गराउनसमेत माग गरिएको छ ।

यदि उल्लिखित व्यवस्था वा अन्य उपयुक्त विकल्प आउन नसके ६ महिनामा परिस्थितिको समीक्षा गर्ने गरी व्यवसाय बन्द गर्ने हानको चेतावनी छ । बिज्ञप्तीमा भनिएको छ, ‘व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्नुपर्ने सम्भावना छ ।’

कोभिड‐१९ का कारण होटलहरूको व्यवसायीक वातावरण एवम् अन्तरराष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दासमेत निकट भविष्यसम्म सकारात्मक हुने अवस्था देखिएको छैन । जसका कारण होटलमा कार्यरत श्रमिक‐कर्मचारीलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई हुने देखिएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL