Logo

बुद्ध एयरको राजविराज उडान माघ १८ देखी सुरु, हवाई भाडा साढे ३ हजार

बुद्ध एयरको राजविराज उडान माघ १८ देखी सुरु, हवाई भाडा साढे ३ हजार



काठमाडौं । आन्तरिक उडानमा आफ्नो प्रभुत्व जमाउदै आएको बुद्ध एयरले राजविराजमा समेत नियमित उडान गर्ने भएको छ । कम्पनीले यही माघ १८ गतेदेखि दैनिक उडान गर्ने तयारी गरेको जानकारी दिएको हो ।

laxmi

कम्पनीका प्रवक्ता रुपेश जोशीका अनुसार काठमाडौंदेखि बिहान ११ बजेर २५ मिनेटमा उडान सुरु हुने छ भने राजविराजबाट सोही दिन १२ : २० मा काठमाडौं फिर्ता हुने छ । काठमाडौं राजविराज हवाई भाडा भने ३ हजार ६ सय रुपैयाँ रहेको जोशीले जानकारी दिएका छन ।

राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई थप हवाई सुविधा पुग्ने जोशीको भनाई रहेको छ । कम्पनीले भ्रमण बर्ष लक्षित गदै राजविराजमा समेत नियमित उडान गर्न लागको जोशीले जानकराी दिएका छन ।

त्यसतै कम्पनीले जनवरी भित्रै ल्याउन लागेको नयाँ जहाज एटिआर ७२ भने फेब्रुअरिमा मात्रै आईपुग्ने भएको छ । कम्पनीका अनुसार भारतमा निर्माण भईरहेको उक्त जहाजको निर्माण कार्य सम्पन्न नभएको भन्दै जनवरीमा ल्याउन लागेको जहाज फेब्रुअरिमा मात्रै आईपुग्ने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL