Logo

भ्रमण बर्ष सचिवालय र टर्किस एयरलाईन्सबीच सम्झौता, युरोपमा पर्यटन बर्षको प्रचार

भ्रमण बर्ष सचिवालय र टर्किस एयरलाईन्सबीच सम्झौता, युरोपमा पर्यटन बर्षको प्रचार



काठमाडौं । पर्यटन बर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमण बर्षको सचिवालय र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी टर्किस एयरलाइन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सचिवालयका संयोजक सुरज वैद्य र एयरलाइन्सका कन्ट्री मेनेजर अब्दुल्लाह टन्सर केचेचीले शुक्रबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन ।

laxmi

शुक्रबार आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै टर्किस एयरलाइन्सले युरोपमा आयोजित विन्नि कार्यक्रम तथा आफ्ना मातहतका कार्यालयहरुमा नेपालको पर्यटनको प्रवद्र्धन गरिने एयरलाईन्सका कन्ट्री म्यानेजर केचेचीले बताए ।

उनले भने, ‘हामीले ६ वर्ष अगाडी देखि युरोप नेपाल युरोप उडान गर्दै आएका छौँ । नेपाल आफैँमा पर्यटकिय हिसाबले धनी छ । हाम्रो मूल उद्धेश्य भनेकै नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो । र हामीले यही उद्देश्य लिएर आफ्नो व्यवसायिक उडान गर्दै आएका छौं ।’

युरोपियन मुलुकबाट नेपालमा सिधा उडान गर्दै आएको एक मात्र वायुसेवा कम्पनी टर्किस एयरलाइन्ससँगको सम्झौताले अन्य विभिन्न देशबाट आउने पर्यटकको संख्यामा वृद्धि हुने सचिवालय संयोजक बैद्यले बताए । साथै उनले पर्यटक भित्र्याउनका लागि एयरफेयर घटाउनेदेखि विमानस्थलको सुधार गर्नु पर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL