Logo

पर्यटकलाई रातको समयमा घुम्न भक्तपुरमा ‘बाई नाईट’ सुरु, ललितपुर र काठमाडौंमा पनि गरिँदै

पर्यटकलाई रातको समयमा घुम्न भक्तपुरमा ‘बाई नाईट’ सुरु, ललितपुर र काठमाडौंमा पनि गरिँदै



काठमाडौं । पर्यटकलाई दिनमा मात्रै होईन रातमा पनि घुम्न सजिलो बनाउने उद्देश्य अनुरुप ‘भक्तपुर बाई नाईट’ सुरु गरिएको छ ।

laxmi

उक्त यात्रा अवधिभर बिभिन्न सम्पदाहरुको अवलोकन, हरेक २० मिनेटको दुरीमा पर्यटकलाई बिभिन्न झाँकी देखाईने तथा कला संस्कृतिको बारेमा समेत जानकारी गराउने उद्देश्य रहेको छ । पदयात्रा नगरपालिकाको प्राङ्गण (पर्यटक बसपार्क) बाट सुरु भई ईन्द्रायणी मन्दिर, भक्तपुर दरवार स्क्वायर, न्यातपोल मन्दिर, गनेदेयो चेन देबघर, दात्रेया मन्दिरहुँदै च्यामासिं बसपार्कमा पुगेर सम्पन्न गर्ने छ ।

हाल भक्तपुरमा बार्षिक साढे २ लाख पर्यटकले मात्र अवलोकन गरेको तथ्याङ्क रहेको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर बाई नाईटले पर्यटकको आगमन बढने विश्वास लिएका छन ।

उनले जिल्लामा पर्यटकको आगमण बढाउन बिभिन्न खानाका परिकार बनाउन तथा नेवारी खानाको लागि समेत तालिमहरु दिँदै आएको जानकारी दिएका छन । त्यसतै उनले पर्यटकहरुसँग बोल्नकै लागि बिभिन्न भाषाका तालिमहरु समेत संचालन गरिरहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने पहिलो पटक भक्तपुरमा यस्ता कार्यक्रम गरेको र अब पुस महिना भित्रै ललितपुरमा समेत सम्पदा यात्रा गर्ने तयारी गरिरहेको जानकारी दिएका छन ।

पर्यटकको थकान मेटाउनकै लागि भए पनि यस्ता पदयात्राले सहयोग पुर्याउने बताउँदै उनले अबको केही समय पछि काठमाडौं, भक्तपुर र ललितपुरमा एकै पटक संयुक्त पदयात्रा गर्ने तयारी गरेको समेत जानकारी दिएका छन ।

भर्खरै सुरु भएको रात्रीपदयात्रा क्षेत्रमा पर्यटकलाई सुरक्षाको अनुभुति दिलाउन सुरक्षा ब्यवस्था गरेको तथा हरेक बिजुलीको पोलमात्र नभई थप पोलहरुसमेत राखी बत्तीको ब्यवस्था समेत गरेको जोशीले जानकारी दिएका छन ।

नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण बर्ष सचिवालय तथा भक्तपुर नगरपालिकाको संयुक्त प्रयासमा बिहीबार देखि भक्तपुरबाई नाईट पद यात्रा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL