Logo

निगमको जापान उडान अगष्ट २९ देखी, १० जनाले मात्रै गरे टिकट बुकिङ

निगमको जापान उडान अगष्ट २९ देखी, १० जनाले मात्रै गरे टिकट बुकिङ



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले अगष्ट २९ तारिक देखी काठमाडौं– जापान उडान गर्ने भएको छ ।

laxmi

निगमको जहाजले अगष्ट २९ तारिक देखी काठमाडौं जापान उडान गर्ने भए पनि हाल सम्म टिकट बुकिङ भने १० जनाले मात्रै गरेका छन । निगमका अनुसार जापानको ओसाकाबाट नेपाल आउने ७ जना र नेपालबाट जापान जाने ३ जना यात्रुले मात्रै टिकट बुकिङ गरेको हो ।

यस अघि अफसिजन र यात्रु नभएको भन्दै उडान स्थगित गरेको निगमले यस पटक भने यात्रुको विश्वास जित्नकै लागि भए पनि पहिलो उडान तोकिएकै समयमा गर्ने भएको छ ।

१० जनाले मात्रै टिकट पक्का गरेको र अन्य यात्रुले भने ट्राभल एजेन्सिजमार्फत सोधपुछ गरिरहेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिएका छन । उनका अनुसार जापानी यात्रुहरुले अनलाईन टिकेटिङ भन्दा पनि ट्राभल एजेन्सिजमार्फत टिकट खरिद गर्ने भएकाले उक्त सिस्टममा जाने तयारी भईरहेको बताए ।

हाल जापानमा अनलाईन टिकेटिङ सुरु गरे पनि यात्रुहरुले भने ट्राभल एजेन्सिजमार्फत मात्रै टिकट खरिद गर्ने भएकाले उक्त अनलाईन सिस्टमलाई ट्राभल एजेन्सिज तर्फ डाईर्भट गर्ने कार्य भईरहेको समेत चन्दले जानकारी दिएका छन ।

पर्यटक सिजन सेप्टेम्बरबाट सुरु हुने भएकाले पनि निगमले पहिलो उडान अगष्टमानै गर्न लागेको हो । उनले भने, ‘अव सिजन सुरु हुँदै छ हाम्रो हामी मार्केटिङ गरिरहेका छौं । कतिपय यात्रुहरुलाई उडान हुँदैन कि भन्ने पनि छ । हामी त्यही भ्रम हटाउनकै लागि भए पनि तोकिएकै समयमा उडान भर्छौं ।’

नेपाललाई सन २०१३ मा अन्तरराष्ट्रिय उड्ययन संगठन (आइकाओ) ले महत्वपूर्ण सुरक्षा प्रश्न उठाए लगत्तै युरोपियन युनियले नेपाली जहाजलाई कालोसुचीमा राखेको छ । त्यसयता युरोप उडान नेपाली जहाजका लागि प्रतिबन्धित छ ।

नियामक निकाय नागरिक उड्ययन प्राधिकरणले पनि आइकाओले सुरक्षा संदेनशीलताको सुचीबाट नेपाललाई हटाएपछि विभिन्न अन्तरराष्ट्रिय फोरममा ईयुको कालोसुची हटाउन आग्रह गर्दै आएको छ ।

इयुकै कारण चीन, साउदी अरेबियालगायतका देशहरुले अझै नेपाललाई उडान अनुमति दिन सकेको छैन । त्यस्तै निगमले दक्षिण कोरियासँग पनि उडान गर्ने भनिएको छ । तर हाल सम्म आधिकारिक टिकेट बिक्रेता (जिएसए) समेत नियुक्ति गर्न सकेको छैन ।

निगमले जिएसए नियुक्त गर्नकै लागि दक्षिण कोरियासँग विभिन्न चरणको छलफलहरु गरे पनि ठोस उपलब्धी भने निकाल्न सकेको छैन । त्यस्तै साउदी अरेवियाको जिएसएको समेत कुनै टुङ्गो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL