Logo

निगम अडिटको लागि चिनियाँ टोली अक्टुबरमा आउने, जापान उडान अगष्ट ३१ मा

निगम अडिटको लागि चिनियाँ टोली अक्टुबरमा आउने, जापान उडान अगष्ट ३१ मा



काठमाडौं । नेपाल वायुसेवा निगमको अडिटको लागि चिनियाँ टोली अक्टुबरमा मात्रै आउने भएको छ ।

laxmi

यस अघि निगमले २ जना चिनियाँ टोली साउनको पहिलो हप्ता आउने जानकारी दिएको थियो । निगमका अनुसार नेपालको ‘सेफ्टी अडिट’ को लागि साउनको पहिलो हप्ता आउने भनिएको चिनियाँ टोली अक्टुबरमा मात्रै आउने भएका हुन ।

अक्टुबरमा मात्रै चिनियाँ टोली अडिटको लागि आउने भए पछि निगमको चीन उडान अनिश्चित बन्दै गएको छ । यस अघि निगमले पठाएको कागजपत्रमा ईयुका कारण देखाई चिनियाँ सिभिल एभिएशनले प्रश्न उठाए पछि अडिटको लागि आउन लागेका हुन् ।

चिनियाँ टोलीले अडिट पछिमात्रै नेपाललाई उडान अनुमति दिने भएकाले पनि अडिट अनिवार्य भएको हो । हाल नेपाललाई चीन, साउदी अरेबिया लगायतका देशले समेत ईयुकै कारण देखाई उडान अनुमति दिएको छैन ।

यदि उक्त अडिट पछि पनि ईयुकै कारण देखाई उडान अनुमति रद्द गरेमा हाल पठाएका सबै डकुमेन्टहरुलाई बन्द गरी पुनः प्रयास गर्ने निगमले जानकारी दिएको छ ।

अडिटको लागि बढि चासो नेपाल वायुसेवा निगमको लागि मात्रभन्दा नेपाली वायुसेवा क्षेत्रकै सम्बन्धमा रहेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन । चिनियाँ टोलीले गर्ने अध्ययनको प्रतिवेदन आउन भने ९० दिन लाग्ने छ । सोही अनुसार उडान तालिका पनि ३ महिना पछि धकेलिने सम्भावना रहेको छ ।

जापान उडान अगष्ट २९ बाटै हुने

तर निगमले जापान उडान भने तोकिएकै समयमा हुने बताएको छ । निगमले बजारमा फिजिएको हल्ला जस्तो जापानबाट कुनै पत्र नआएको र अगष्ट २९ तारिकबाटै उडान गर्ने तयारी भईरहेको जानकारी दिएको छ ।

यस अघि पनि जापान उडान गर्ने गरी तयारी गरेको निगमले अफसिजन भन्दै यात्रु अभावको कारण देखाई उडान स्थगित गरेको थियो । तर यस पटक भने त्यस्तो नहुने र तोकिएकै समयमा उडान सुरु हुने प्रवक्ता गणेश बहादुर चन्दले जानकारी दिएका छन ।

यस अघि पनि जापान उडान गरेको निगमले अफसिजनको २ महिना उडाननै स्थगित गर्ने गरेको चन्दले बताए । उनले भने, ‘उक्त सिजनमा २ सय ७६ सिटको जहाज खाली उडाउने कुरा पनि भएन ।’

प्रतिक्रिया दिनुहोस्
MBL