Logo

तारा र यतीले खुम्बु क्षेत्रबाट उठायो ११ हजार किलो फोहोर

तारा र यतीले खुम्बु क्षेत्रबाट उठायो ११ हजार किलो फोहोर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तारा र एयरलाइन्सको भगिनी संस्था यतीले खुम्बु क्षेत्रबाट फोहोर उठाएको छ । स क्षेत्रको वातावरणिय गुणस्तर सन्तुलनका लागि तारा एयरले एसपीसीसी र हिमालयन क्लबको सहकार्यमा करिव ११ हजार किलोग्राम नकुहिने फोहर उठाएको हो । ९ उडान सञ्चालन गरेर लुक्ला विमानस्थलबाट उठाएको कम्पनीले जानकारी दिएको छ ।

एयरलाइनद्वारा प्रोयोजित यो सेवाको लागत रु १० लाख भन्दा बढी रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ । उडान मार्फत उठाइएको फोहर उचित रिसाइक्लिंग केन्द्रलाई हस्तान्तरणका लागि काठमाडौं मुन्सिपालिटी कोओपरेसनलाई हस्तान्तरण गरेको छ ।
एयरलाइन्सले सन् १९९८देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)कार्यक्रम अनुसार तारा एयरले सक्रियरुपमा सोलुखुम्बु क्षेत्रको फोहर ब्यवस्थापन योजनालाई समर्थन गर्दै आइरहेको छ ।

सन् २०१६मा यस्तै फोहर ब्यवस्थापन कार्यक्रम मार्फत सोलुखुम्बु क्षेत्रबाटै एयरलाइन्सले १२ हजार किलोग्राम फोहर ब्यवस्थापन गरेको थियो । साथै, भविस्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने कम्पनीले जानकारी दिएको छ ।

यस कार्यक्रमले यूवा, स्थानिय उद्यमी तथा पर्यटतकमा समेत उच्च हिमाली भेगका वातावरणिय तथा पर्यावरणिय सन्तुलनको बचाउ तथा उत्थानका लागि सजगता जगाउन सघाएकोमा कम्पनी विस्वस्त रहेको बताइएको छ ।

नयाँ नेपालको विकासका लागि भविष्यमा अन्य नीजि क्षेत्रले पनि आफ्ना सहयोगी हात तथा साथ प्रदान गर्नेमा आफुहरु विश्वस्त रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL