Logo

पर्यटनमन्त्रीद्वारा वायुसेवा निगमको निरीक्षण, नडराइकन काम गर्न निर्देशन

पर्यटनमन्त्रीद्वारा वायुसेवा निगमको निरीक्षण, नडराइकन काम गर्न निर्देशन



काठमाडौं । नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिएका छन् । मन्त्री किरातीले बिहीबार नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रवाहबारे निरीक्षण गरेका हुन् । उनले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

laxmi

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिए ।

निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL