Logo

अब पर्यटक भिसामा विदेश जान नयाँ नियम, कम्तिमा एक पटक विदेश गएकै हुनुपर्ने

अब पर्यटक भिसामा विदेश जान नयाँ नियम, कम्तिमा एक पटक विदेश गएकै हुनुपर्ने



काठमाडौं । आज (बुधबार)देखि पर्यटक भिसामा विदेश जानका लागि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको सूचना अनुसार अब भिजिट र पर्यटक भिसामा विदेश जानको लागि दुइृतर्फी हवाई टिकट अनिवार्य गरिएको छ । यस्तै अब विदेश जानका लागि कम्तीमा पनि ६ महिनाको अवधि भएको राहदानी हुनुपर्ने भएको छ ।

laxmi

विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले मात्रै भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन् । त्यस्तै न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि जान पाउनेछन् ।

आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमाबाबु, सासूससुरा, छोराछोरी, श्रीमान–श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदारसमेत), गन्तव्य देशमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउने छन् ।

वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय भइ कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू, नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुरुवा वा रेखदेखको काम गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरू पनि भिजिट भिसा जान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL