Logo

रुवाण्डामा माइस टुरिजम बढ्दै, एक वर्षमा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी आर्जन

रुवाण्डामा माइस टुरिजम बढ्दै, एक वर्षमा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी आर्जन



काठमाडौं । रुवाण्डामा बैठक, प्रोत्साहन, सम्मेलन र कार्यक्रम (माइस टुरिजम) ले सन् २०२३ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । ती क्षेत्रबाट अघिल्लो वर्षको ६४ मिलियन अमेरिकी डलरको तुलनामा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन गरेको छ ।

laxmi

रुवाण्डाले गत वर्ष १५० भन्दा बढी सम्मेलनहरू आयोजना गरेको थियो जसले राष्ट्रिय अर्थतन्त्रका लागि ९१ मिलियन अमेरिकी डलर भन्दा बढी राजस्व सङ्कलन गरेको थियो । यसले देशको राम्रो छवि प्रस्तुत गरेको र रुवान्डाका जनताका लागि रोजगारीहरू सृजना गर्न सहयोग पुग्ने कार्यक्रम प्रवर्द्धक निकाय, रुवान्डा कन्भेन्सन ब्युरोका प्रचारका प्रभारी फ्रान्क मुराङ्वाले रुवान्डा टेलिभिजनलाई बताए ।

यस्ता कार्यक्रमले सम्मेलन सुविधामा लगानी लगायत देशको पूर्वाधार विकासले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको र देशलाई ठूला अन्तरराष्ट्रिय सम्मेलनहरू आयोजना गर्न सक्षम बनाउन ठूलो भूमिका खेलेको मुराङ्वाको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL