Logo

नेपाल वायुसेवा निगमले दुबईमा उडान थप्यो, थप उडान आईतबार र बुधबार

नेपाल वायुसेवा निगमले दुबईमा उडान थप्यो, थप उडान आईतबार र बुधबार



काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (दुबई)मा उडान थप गरेको छ । निगमले डिसम्ेबर ५ तारिखदेखि दुबईमा उडान थप गरेको हो ।

दैनिक उडान गरिरहेको उक्त सेक्टरमा आज देखी निममले हप्तामा थप दुई उडान (हरेक आइतबार र बुधवार) गर्ने भएको हो । थप गरिएको पहिलो उडानका यात्रुहरूलाइ शुभकामना तथा निगमका कर्माचारीहरूलाइ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले होसला दिँदै विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL