Logo

भारतीय टेलिकममा कार्लोसको आँखा, के नेपालमा आउलान् ?

भारतीय टेलिकममा कार्लोसको आँखा, के नेपालमा आउलान् ?


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
जेठ १६, काठमाडौं । टेलिकम बादशाहको रूपमा परिचित विश्वकै दोस्रो धनी व्यक्ति कार्लोस स्लिम हेलुले भारतीय टेलिकम कम्पनीमा लगानीको ईच्छा देखाएका छन् । हालै उनले आफ्नो भारत भ्रमणका क्रममा ठूला भारतीय टेलिकम कम्पनीसँग छलफल गरी यस्तो ईच्छा व्यक्त गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । मेक्सिकोमा रहेको आफ्नो टेलिकम कम्पनीले व्यावसायिक चुनौती भोगिरहेको अवस्थामा उनले भारतलाई आफ्नो नयाँ व्यवसायिक गन्तव्य बनाउन लागेको बुझिएको छ ।

यसबीचमा हेलुले भारतीय टेलिकम कम्पनी भिडियोकनका लगानीकर्तासँग छलफल गरेका थिए । त्यस्तै एयरटेलसँग पनि उनको छलफल भएको बताइएको छ । भारत भ्रमणका क्रममा उनले आफ्नो अमेरिकन मोभिलको व्यवसायिक रणनीति निर्माणको विषयमा समेत छलफल गरेका थिए ।

भारतमा लगानीको इच्छा देखाएका कार्लोसले नेपालका टेलिकममा समेत आँखा लगाउन सक्ने चर्चा हुन थालेको छ ।

हाल नेपालका चार ओटा टेलिफोन कम्पनीले दूरसञ्चारको एकीकृत अनुमतिपत्र लिएका छन् । त्यसमध्ये, टेलिकम र यूटीएलले अन्तर्राष्ट्रिय साझेदारी खोजिरहेका छन् । त्यस्तै, चौधरी समूहले खरीद गरेको एसटीएम प्रालिले पनि अन्तर्राष्ट्रिय कम्पनीसँग साझेदारी गरेर आक्रमक बजार विस्तार गर्ने योजना बुनिरहेको छ । यस्तो बेला कार्लोस नेपाल भित्रन सक्ने सम्भावना अधिक छ । तर, नेपालका कम्पनीहरु उनीसम्म पुग्न सक्नुपर्छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले नेपालमा अर्को एउटा ठूलो सेवा प्रदायक कम्पनीको खाचो रहेको बताउँदै आएका छन् । टेलिकमका बादशाह कार्लोसलाई एसटीएम, टेलिकम वा यूटीएल जोसुकैले पनि नेपाल भित्र्यान सक्छन् । कार्लोसलाई नेपालमा ल्याउन सकिने बारे बुझ्दा सेवा प्रदायकले अहिलेसम्म कुनै तयारी नभएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL