Logo

रुपन्देहीमा टेलिकमको नयाँ एक्सचेन्ज, ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता

रुपन्देहीमा टेलिकमको नयाँ एक्सचेन्ज, ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा आएको छ । बुधवार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले सो एक्सचेन्जको उद्घाटन गरे ।

कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रीजी सेवालाई प्रत्येक क्षेत्रमा पु¥याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् ।

आज उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL