Logo

साझाले सुरु गर्यो स्मार्ट कार्ड, सर्वसाधारणले १ महिनापछि प्रयोग गर्न पाउने

साझाले सुरु गर्यो स्मार्ट कार्ड, सर्वसाधारणले १ महिनापछि प्रयोग गर्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साझा यातायातले सोमवारदेखि ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गरेको छ । साझाले लगनखेलबाट नयाँ बसपार्क जाने बा १ ख २२१७ नम्बरको बसबाट ट्राभल स्मार्टकार्डको परीक्षण प्रयोग सुरु गरेको हो । सो बसका अगाडी र पछाडीका दुई वटै ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ ।

सोमवार एक कार्यक्रमबीच साझा यातायातका सञ्चालक समिति अध्यक्ष कनकमणी दिक्षित र नेपाल बैंकाका प्रमुख कार्यकारी अधिकृत देबेन्द्रप्रताप शाहले संयुक्त ट्राभल कार्डको परीक्षण प्रयोगको उद्घाटन गरे ।

सुरुको एक महिना साझा यातायातको कर्मचारीले बसमा स्मार्टकार्डको परीक्षण प्रयोग गर्ने बताइएको छ । एक महिनापछि साझा यातायातका सबै बसमा स्मार्ट ट्राभल कार्डको प्रयोग सुरु हुने र त्यसपछि सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् ।

स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । साझाले विक्री गर्ने स्मार्टकार्डमा ५० रुपैयाँको ब्यालेन्स पनि हुनेछ । यो कार्ड लिएर हिडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्टकार्डबाट रकम काट्नेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । यो कार्ड एक महिनापछि साझा यातायातले आफ्नै कार्यलयबाट २ सय रुपैयाँका बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL