Logo

माइक्रोसफ्टको विन्डोज १० फ्रीमा डाउनलोड गर्न सकिने, हाललाई पिसी प्रयोगकर्तालाई सुविधा

माइक्रोसफ्टको विन्डोज १० फ्रीमा डाउनलोड गर्न सकिने, हाललाई पिसी प्रयोगकर्तालाई सुविधा


रामराजा श्रेष्ठ
0
Shares

१४ साउन,काठमाडौं । अब माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० फ्रीमा डाउनलोड गर्न सकिने भएको छ ।

कम्पनीले बुधवारदेखि यस्तो सुविधा प्रदान गरेको हो । साथै कम्पनीले करोडौ प्रयोगकर्ताले विण्डोज १० डाउनलोड गर्ने अनुमान गरेको छ । कम्पनीले हाललाई पिसी ल्यापटप तथा डेस्कटप प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको छ ।

 ट्याब्लेट र स्मार्टफोन प्रयोगकर्ताका साथै गेमिंग कन्सोल र होलोग्राफिक हेडसेटका लागि पनि यो सुविधा उपलब्ध गराइने बताइएको छ । कम्पनीले आफ्नो प्रयोगकर्ताको संख्या बढाउन यस्तो सुविधा प्रदान गरेको हो ।

केके छन् नयाँ सुविधा ?

विण्डोज १० मा वर्षौ पुरानो ब्राउजर इन्टरनेट एक्सप्लोरर हटाइएको छ । र यसको ठाऊँमा माइक्रोसफ्टको नयाँ ब्राउजर एज प्रयोग गरिएको छ ।

   त्यस्तै  ‘विण्डोज हेलो’ एक नयाँ सिस्टम रहेको छ । यो फेस रिकग्निशनको मद्धतले साइन इन गर्छ । यो इन्टेलको रियल सेन्स क्यामरासँग कम्प्याटिबल रहेको छ ।
यसमा  स्टार्ट मेनु पुनः प्रयोग गरिएको छ । जुन विण्डोज ८ मा हटाइएको थियो ।

माइक्रोसफ्ट कम्पनीले २९ जुलाईमा अमेरिका र क्यानडाको केहि शहरूमा प्रोमोशनल कार्यक्रमको योजना रहेको बताएको छ ।

एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL