Logo

सेलपेको ‘२०२०–एस २०’ अफर सार्वजनिक, लक्की ड्रमार्फत स्मार्ट फोन

सेलपेको ‘२०२०–एस २०’ अफर सार्वजनिक, लक्की ड्रमार्फत स्मार्ट फोन



काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२०’ अफर सार्वजनिक गरेको छ । योजना अन्तरगत ग्राहकहरुले लक्की ड्रमार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस २० पाउनेछन । उक्त योजना चैत ७ गतेदेखि २७ गतेसम्म लागु हुने सेलपेले जानकारी दिएको छ ।

योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फाउण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन । उक्त कोड लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्रमार्फत एक जनाले सामसङ ग्यालेक्सी एस २० पाउनेछन ।

साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लाउन्ज र एक्स एजबाट विभिन्न उपहारहरु पाउनेछन । योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ । सेलपेमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट् शुल्क नलाग्ने, लोयल्टी पोइन्टसलगायतका विशेषताहरु रहेको छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL