Logo

जियोनी ल्यायो इलाइफ एस् सेभेन, सबैभन्दा पातलो डुअल सिम फोन

जियोनी ल्यायो इलाइफ एस् सेभेन, सबैभन्दा पातलो डुअल सिम फोन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० चैत, काठमाडौं । जियोनीले ‘स्मार्टफोन जियोनी इलाइफ एस सेभन’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले एक कार्यक्रमबीच हायत रेजेन्सी होटलमा सो फोन सार्वजनिक गरेको थियो ।

पूर्व ७ वटा मिस नेपालले सो फोनको सार्वजनिक गरेका थिए । पूर्व मिस नेपालहरुमा रुवी राना, उषा खड्गी, माल्भिका सुब्बा, प्रिती सिटौला, मलिना जोशी, सृष्टि श्रेष्ठ र ईशानी श्रेष्ठ रहेका थिए । साथै, मिस नेपाल २०१५ का १९ प्रतियोगीहरु पनि सहभागी थिए । कम्पनीले ७ वटै पूर्व मिस नेपालहरुलाई नयाँ जियोनी इलाइफ एस सेभेन दिएर सम्मान गरेको थियो ।

नेपालमा यो मोडलको फोन बोक्ने उनीहरु नै पहिलो हुन् ।

विमान बनाउने धातुले बनेको बडी भएको जियोनी इलाइफ एस सेभनको मोटाइ ५ दशमलव ५ मिलि मिटर छ भने ५ दशमलव २ इन्चको एमालेड डिस्प्ले छ । बौद्घिक विशेषता भएका १३ र ८ एमपिका क्यामराहरु यसमा छन् र एण्ड्रोइड ५.० ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिस्तममा यो चल्छ ।

यसमा १ दशमलव ७ गिगाहर्ज अक्टाकोर ६४ बीट प्रोसेसर छ । यो अहिले सम्मको सबभन्दा पातलो डुलल सिम फोन हो । यसमा २ जीवी ¥याम र १६ जीवी स्टोरेज छ । यसको २ हजार ७ सय ५० एमएएच ब्याट्री र उर्जा बचाउने धेरै विशेषताहरुले अरु प्रतिश्पर्धीहरुभन्दा यसको ब्याट्री बढी टिक्छ । अलुमिनम र म्याग्नेसियम धातुहरुको मिश्रणबाट बनेको बडीको तल र माथि कोरिङ गोरिला ग्लासको कोटिङ गरिएकाले यो एकदम बलियो छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL