Logo

यी हुन विश्वकै टप टेलिकम कम्पनी, जसले वर्षमै कमाउछन १००० खर्ब

यी हुन विश्वकै टप टेलिकम कम्पनी, जसले वर्षमै कमाउछन १००० खर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एप्पल तथा सामसुङ व्राण्डका स्मार्टफोनले अहिले विश्वमा राज गरिररहेका छन् । स्मार्टफोनले विश्वका करोडौ जनसंख्यालाई भिडियो, भ्वइसलगायतबाट स्मार्टफोनले नै जोडिरहेको छ ।

यस्ता कम्पनीहरुले खर्बौ नाफा त कमाएकै छन् , यीसँग सम्बन्धित अन्य टेलिकम कम्पनीलाई समेत फाइदा गराएका छन् ।
प्रविधिमा विभिन्न आविष्कारसँगै विश्वका टेलिकम कम्पनीहरुले नाफा आर्जन गरेका हुन ।

विश्वको सवैभन्दा बढी कमाउने  कम्पनीमा यस पटक एटी एण्ड टी कम्पनी छ । केही बर्षसम्म चाइना मोवाइलले राज गरेकोमा अहिले बढी कमाउने  कम्पनीको ताज एटी एण्ड टीले जितेको हो ।

फोब्र्सले हालै सार्वजनिक गरेको सूची अनुसार अमेरिकाले एटी एण्ड टीले १ खर्ब ६३ अर्ब डलर ८  डलर नाफा गरेको छ । त्यस्तै दोश्रो नाफा गर्ने कम्पनीको नाफा भेरीजन कम्युनिकेशन १खर्ब  २५  अर्ब  डलर नाफा गरेको छ ।

त्यसैगरी चीनको चाइना मोवाइल विश्वकै बढी नाफा गर्ने टेलिकम कम्पनीको तेस्रो नम्बरमा परेको छ । चाइना मोवाइलले १ खर्ब ७ अर्ब डलर कमाएको छ । 

त्यस्तै जापानको निप्पोन टेलिग्राफ एण्ड टेलले ९४  अर्ब डलर कमाएको छ । अर्कौ पाँचौ नम्बरमा जर्मनीको टचसे टेलिकम छ । जसले ७६१  अर्ब डलर कमाएको छ ।

 

 

 

 

 

त्यसैगरी  जापानकै सफ्टबैंकले ७४ अर्ब डलर कमाएको छ । युकेको भोडाफोनले ६४ अर्ब ,मेक्सिकोको अमेरिका मोभिलले ५६ अर्ब , चीनको चाइना टेलिकमले ५२ अर्ब र स्पेनको टेलिफोनिकाले ५२ अर्ब डलर कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL