Logo

फेसबुकमा किन हुँदैन त ‘डिस्लाइक’ अप्सन

फेसबुकमा किन हुँदैन त ‘डिस्लाइक’ अप्सन


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, फेसबुक प्रयोग गर्ने अधिकांशलाई थाहा छ, यहाँ ‘लाइक’ बटन थिच्ने सुविधा जस्तै ‘डिस्लाइक’को विकल्प हुँदैन । कसैको नराम्रो खबर भएपनि कि त कमेण्ट नै लेख्नुपर्ने हुन्छ अथवा अन्तिम विकल्पको रूपमा लाइक नै थिच्नु पर्छ । खराब विषय प्रति पनि लाइक थिच्नुृपर्ने बाध्यता फेसबुक प्रयोगकर्तालाई छ । यस विषयमा बारम्बार चर्चा पनि हुने गरेको छ ।  फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनको टिमले आम प्रयोगकर्ताले कमेण्ट बक्समा लेख्न झण्झट मानेको बुझेर नै त्यतीबेला लाइक अप्सनको व्यवस्था गरेका थिए । प्रयोगकर्तालाई सकारात्मक भाव पैदा गराउनु लाइक अप्सनको व्यवस्था गरिनु अर्को कारण पनि थियो ।

किन राखिएन त डिस्लाइक अप्सन ?

फेसबुकका पूर्व कर्मचारी बे्रट टेलर लाइक बटनका निर्माता हुन् । उनका अनुसार सामाजिक सञ्जालमा जसरी लाइक बटनले सकारात्मक प्रभाव पार्छ त्यसरी नै डिस्लाइक बटनको पनि व्यवस्था भयो भने त्यसले ल्याउन सक्ने नकारात्मक प्रभाव झन् ठूलो समस्या हुन सक्छ । उनी भन्छन् ‘हामीले जुन् समयमा लाइक बटनको व्यवस्था गरेका थियौं, त्यतीबेला मानिसहरू अरूको विषयमा बढी चासो राख्थे । यस्तो अवस्थामा कुनै कुरा भन्नु भन्दा पनि लाइकको व्यवस्थाले सहज र सकारात्मक पार्ने हाम्रो बुझाई थियो’ । जति सजिलै लाइकले कुनै विषयको अर्थ दिन्छ त्यती सजिलै डिस्लाइकले दिन नसक्ने उनको तर्क छ । केहि कुरा मन नपर्नुका पछाडी केही कारण हुने भएकोले यसलाई कमेण्ट मार्फत नै व्यक्त गर्नु उपयुक्त हुने भएकोले डिस्लाइक अप्सन नराखिएको उनको भनाई छ । डिस्लाइकले मानिसमा नकारात्मकता बढाउने भएकोले यसलाई कुनै पनि सामाजिक सञ्जालमा प्रयोग गर्न नहुने उनी तर्क राख्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL