Logo

भुकम्प प्रभावित ७ जिल्लामा नि:शुल्क वाईफाइ, सेवाप्रदायक लाई निवेदनका लागी अनुरोध

भुकम्प प्रभावित ७ जिल्लामा नि:शुल्क वाईफाइ, सेवाप्रदायक लाई निवेदनका लागी अनुरोध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प प्रभावित सात जिल्लामा निःशुल्क वाइफाई जडान गरिने भएको छ । भुकम्पले बढी प्रभाव पारेको क्षेत्रमा इन्टरनेट जडानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इच्छुक इन्टरनेट सेवाप्रदायकलाई निवेदनका लागी अनुरोध गरेको हो ।

गोरखा, धादीङ,मकवानपुर,दोलखा, रामेछाप,सिन्धुली र ओखलढुंगामा इनटरनेट सेवा उपलब्ध गराइने बताइएको छ । ती जिल्लाका सरकारी क्याम्पस,उच्च माध्यमिक विद्यालय,प्राथमिक विद्यालय,हेल्थ होष्ट तथा गाँउ विकास समितिमा निशुल्क वाईफाइ उपलब्ध गराउन लागेको एनटिएका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायकले ग्रामिण दूरसञ्चार विकास कोषको रकम उपयाग गर्न पाउने छन् । आवेदन दिनेमधये जसले सवैभन्दा कममा सेवा दिन्छ त्यसलाई जिम्मेवारी दिने बताइएको छ ।

आवेदन आगामी जनवरी ३ सम्म दिन सक्ने छ । १ बर्षभित्र इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ काम शुरु गरिएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL