Logo

टेलिकमको वाइम्याक्स सेवा ७५ जिल्लामै, फोरजी प्रविधिको इन्टरनेट उपलब्ध गराइने

टेलिकमको वाइम्याक्स सेवा ७५ जिल्लामै, फोरजी प्रविधिको इन्टरनेट उपलब्ध गराइने


बिजखबर संवाददाता
27
Shares

नेपाल टेलिकमले वाइम्याक्स ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा ७५ जिल्लामा वाइम्याक्स विस्तर गरेको हो । कम्पनीले यसअघिसम्म ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो ।

कात्तिक ७ गतेदेखि हुम्लामा पनि यो सेवा विस्तार गर्दै टेलिकमले सेवाके विस्तार ७५ वटै जिल्लामा सुरु भएको बताइएको छ । नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याएको थियो । त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गर्दै आएको हो । वाइम्याक्स सेवा लिन चाहनेको लागि १ महिनाका लागि ५ जीवी लिँदा ६ सय ५०, ३ महिना १५जिवी १ हजार ६ सय, ६ महिना ३० जिवीको भेलयुममा ३ हजार ३ सय, १२ महिना ६०जिवी ५ हजार ३ सय पर्ने छ । त्यस्तै १२० जिवीके १२ महिनाका लागि ८ हजार, १२ महिना २०२ १२ हजार ७ सय ५० र १२ महिना ३ सय ३६ २० हजार ४ सय पर्ने बताइएको छ ।

हाल टेलिकमले उपलब्ध गराइरहेको वाइम्याक्स प्रविधिको डाटा वेस सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा रहेको दाबी गरेको छ ।यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सीपीइ खरिद गर्नुपर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL