Logo

एनसेललाई दोश्रो पटक फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक अवार्ड, उत्कृष्ट कार्यपद्धतीको प्रमाण

एनसेललाई दोश्रो पटक फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक अवार्ड, उत्कृष्ट कार्यपद्धतीको प्रमाण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड एनसेल दोस्रो वर्ष पनि फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । सो पुरस्कार एनसेललाई अन्तरराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो ।

यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुहअन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचनातथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्य सबैभन्दा राम्रो अभ्यास गर्दै आएको लाई यो सम्मान प्रदान गर्दछ ।

ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहकमिश्रित औषत आय, प्रतिग्राहकआयको वृद्घि, सेवालगायत बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापढण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने प्रयासले फेरी एक पटक अन्तरराष्ट्रिय रुपमा सम्मान पाएको बताए । ‘फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्घति अपनाउछ र यो सफलता एनसेललको उदाहरणीय समग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो’ उनले भने ।

यो देशको सामाजिक आर्थिक संबृद्धिका लागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा भएको उनले बताए । ‘लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ’ उनले भने ‘हामी नेपाली जनतालाई निरन्तर रुपमाउत्कृष्ट र दिगो सेवाप्रदानगर्न कतिवद्घ छौ ।”

एनसेल प्रालिले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवाप्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ ।

गत चैतमा आजीयाटा ग्रुपबर्हादले रेनल्डस होल्डिको सत् प्रतिशत सेयर खरिदसँगै एनसेल आजीयाटा ग्रुपसँग आबद्ध भएको हो जसको एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको संजाल फैलाउदै र अति विकट ठाँउका जनताहरुलाई समेत संचार सेवाको पहुँचभित्रल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पु¥याउदै आएको छ । एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । हालकम्पनीले करिब १ करोड ४० लाखग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ । फ्रोस्ट एण्ड सलिभन एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास अवार्ड २०१६ सिङगापुरमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो जहाँ एशिया प्रशान्तमा रहेका उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गरिन्छ । यस कार्यक्रमले एशिया प्रशान्तमा पर्ने अटोमोटिभ, एनर्जि, उर्जा, भवननिर्माण तथापर्यावरण, स्वास्थ्य सेवा, सुचनातथा संचार प्रविधितथा लजिस्टिक्स सम्बन्धित क्षेत्रका थुप्रै उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL