Logo

आईएमएसले ल्यायो कोर प्राईम स्मार्टफोन, मूल्य साढे १५ हजार

आईएमएसले ल्यायो कोर प्राईम स्मार्टफोन, मूल्य साढे १५ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादता
१० पुस, काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता इण्टिग्रेटेड मोबिलिटि सोलुशन प्रालि (आइएमएस)ले ‘ग्यालेक्सी कोर प्राईम’ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । पातलो देखिने यस स्मार्टफोनको मूल्य १५ हजार ४ सय रुपिया“ मूल्य तोकिएको कम्पनीले जनाएको छ ।
सामसुङ ‘ग्यालेक्सी कोर प्राइम’ स्मार्टफोन ४ दशमलव ५ इञ्चको स्क्रिन डिस्प्ले सहित आकर्षक र सुविधायुक्त रहेको कम्पनीले जनाएको छ । एण्ड्रोइडको किटक्याट भर्सनमा चल्ने यस स्मार्टफोनमा १ दशमलव ३ गिगाहर्जको क्वाडकोर प्रोसेसर र १ जीबी र्याम रहेको छ । एकैपटक दुई ओटा सिम प्रयोग गर्न सकिने यस स्मार्टफोनमा ५ मेगापिक्सलको फ्रण्ट (अगाडीको) तथा २ मेगापिक्सलको रियर (पठाडी)को क्यामरा रहेको छ । यसमा रहेको २ हजार एमएएचको ब्याट्रिले फोनलाई लामेसमयसम्म चलाउन मद्धत गर्दछ । ‘ग्यालेक्सी कोर प्राइम’ स्मार्टफोनले थ्रिजी सिम पनि सपोर्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL