Logo

टेरामक्स खरिद प्रक्रियामा छानविन गर्न अख्तियारलाई लेखाको निर्देशन

टेरामक्स खरिद प्रक्रियामा छानविन गर्न अख्तियारलाई लेखाको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धमा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको बुधबार डाकिएको बैठकले निर्णय गर्दै अख्तियारलाई उक्त प्रणालीको जडान, खरिदलगायतका सम्बन्धमा छानविन गर्न निर्देशन दिएको हो ।

laxmi

समितिका सभापति ऋषीकेश पोख्रेलले बैठकका निर्णय सुनाउँदै यो प्रणालीइ खरिदका सम्बन्धीमा अनुसन्धान गर्न र प्रत्येक ३० दिनमा समितिलाई त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

यसअघि नेपाल दूरसंचार प्राधिकरणले टेलिकम अपरेटरको सिस्टममा उक्त प्रणाली जडान गरी टेलिकम सेक्टरमा देखिएको फ्रडलाई कन्ट्रोल गर्ने बताएको थियो । यो प्रणाली भित्र्याउँदै गर्दा नै यसमा भ्रष्टाचार भएको आरोप लागेसँगै यो प्रणाली हालसम्म कार्यान्वयनमा भने आउन सकेको छैन ।

लेखा समितिले आजको बैठकमार्फत यो प्रणालीको जडान र कार्यान्वयन पनि तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL