Logo

एनसेलले ल्यायो पावर रिचार्ज योजना, आजदेखि लागु

एनसेलले ल्यायो पावर रिचार्ज योजना, आजदेखि लागु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ पुस, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ‘पावर रिचार्ज’ नामक नयाँ योजना ल्याएको छ, यक्त योजनामा एनसेलका ग्राहकले अफर एक्टिभेट गरि एक हप्तामा २ पटक २ सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा एनसेलको नेटवर्क भित्र ५०% छुटमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन् ।

पावर रिचार्ज यहिपुष ६ गतेदेखि लागु हुनेछ । एनसेलका सबै प्रिपेड तथा पोष्टपेडका ग्राहकले १७११० मा डायल गरि यस योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् ।

योजनामा सहभागी ग्राहकको रिचार्ज साप्ताहिक रुपमा गणना गरिनेछ, अर्थात आईतवार देखि शनिवारसम्म गरिएको रिचार्जलाई मात्र गणना गरिनेछ । शनिवारसम्म दोस्रो पटक रु १ सय वा बढीको रिचार्ज गरेमा ग्राहकले छुट पाउने छन् र ५० प्रतिशत छुट दरमा एनसेलको कुनै पनि नम्बरमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन् ।

यसरी प्राप्त छुट, छुट पाएको ५ दिनसम्म लागु हुनेछ । ग्राहकले हप्तामा एक पटक मात्र यस्तो छुट प्राप्त गर्नेछन् । ग्राहकले एस्ट्रिक्स १७११० ह्यास डायल गरि हप्ताभर कति पटक रिचार्ज गरेको जानकारी प्राप्तगर्न सक्छन् । छुट आधार मूल्यमा लागु हुनेछ । माई५, रात्री ट्यारीफलगायतका छुट दरमा लागुहुने छैन ।

ग्राहकले रिचार्ज कार्ड, भिएफटि, बैंक लगायतकुनै पनि माध्यमबाट रिचार्ज गरेर योजना अन्तर्गतको लाभ प्राप्तगर्न सक्छन् ।

पावर रिचार्ज तर्फबाट आफ्ना गाहकलाई विशेष मूल्य प्रदानगर्ने प्रयास अन्तर्गत आएको योजना ल्याइएको एनसेलकीकर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन् । यो योजना १२ हप्तासम्म लागु हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL