Logo

टेलिकमको एफटीटीएच सेवा जडान गर्न १९८ मा डायल गर्न सकिने, यस्तो छ प्रक्रिया

टेलिकमको एफटीटीएच सेवा जडान गर्न १९८ मा डायल गर्न सकिने, यस्तो छ प्रक्रिया



काठमाडौं । नेपाल टेलिकमले विस्तार गरिरहेको फाइबर टु दी होम (एफटीटीएच) सेवाको १९८ डायगर गरी माग दर्ता गर्न सकिने बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकहरुलाई उक्त निशुल्क नम्बर १९८ मा डायल गरी १ डायल गरेर माग दर्ता गर्न सकिने बताएको हो ।

laxmi

दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको टेलिकमले अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको बताएको छ ।

कम्पनीले सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने देशभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने जानकारी दिएको छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्ने बताईएको छ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL