Logo

ओटीटी नियमन फ्रेमवर्कको मस्यौदा तयार, नेपालमा दर्ता भएर संचालन हुनुपर्ने

ओटीटी नियमन फ्रेमवर्कको मस्यौदा तयार, नेपालमा दर्ता भएर संचालन हुनुपर्ने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फेसबुक म्यासेन्जर, भाइर, ह्वाट्सएपजस्ता ओभर द टप ९ओटीटी० सेवा नियमन गर्न फ्रेमवर्कको मस्यौदा तयार गरेको छ । प्राधिकरणले करिव ३ महिना अघि निर्देशक अम्बर स्थापितको नेतृत्वमा ओटीटी सेवाको आवश्यकता, विधि र अन्तरराष्ट्रिय अभ्यासबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

laxmi

उक्त कार्यदलले नेपालमा यसको दर्तासमेत हुनुपर्ने गरी फ्रेमवर्क बनाएर मस्यौदा सार्वजनिक गरेको हो । प्राधिकरणले उक्त मस्यौदाउपर राय, सल्लाह र सुझाव दिन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

उक्त फ्रेमवर्ककको मस्यौदामा यस्ता ओटीटी सेवाप्रदायकहरु नेपालमा कम्पनी एदर्ता भएको हुनुपर्ने, नेपालमा शाखा कार्यालय स्थापना गरेको हुनुपर्ने, त्यसका लागि प्राधिकरणमा निवेदन दिनुपर्नेलगायतका बुँदाहरु राखिएको छ । यस्तै ओटीटी सेवाप्रदायकहरुले इन्टरनेटको माध्यमबाट भ्वाइस, डिडियो कल एवं म्यासेज सेवा दिनका लागि दूरसंचार सेवाप्रदायकसँग समन्वय गर्न सक्ने कुरासमेत फ्रेमवर्कमा समेटिएको छ ।

प्राधिकरणले नेपालमा विदेशी ओटीटी सेवाप्रदायकलाई राजस्वको दायरामा ल्याउन र नेपाली प्रयोगकर्ताको सुरक्षा संवेदनशिलतालाई पनि ध्यानमा राखेर उक्त फ्रेमवर्क ल्याईएको बताएको छ । अघिल्लो बर्ष महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले नेपालमा फेसबुक, ह्वाट्सएप, भाईवरलगायतका ओटीटी प्लेटफर्महरु राजस्वको दायरामा नआएको कुरा औंल्याएको थियो ।

यता नेपालका दूरसंचार सेवाप्रदायकहरु पनि ओटीटीकै कारण आफ्नो आम्दानीमा भारी गिरावट आएको बताईरहेका छन् । सोही कुरालाई ध्यानमा राखेर विदेशी ओटीटी सेवाप्रदायकहरु नेपालमा दर्ता भई राजस्वको दायरामा आउन सहयोग पुग्नेगरी प्राधिकरणले अध्ययन गरेको थियो । हाल प्राधिकरणले ल्याएको ओटीटी सेवा नियमन गर्ने फ्रेमवर्ककको मस्यौदाले संचार सेवालाई मात्रै नियमन गर्ने बताईएको छ । यस्तो ओटीटै भिडियो र अडियो अर्थात कन्टेन्ट उपलब्ध गराउने पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL