Logo

भोलीदेखि टेलिकमको ग्रुप एसएमएस अफर संचालनमा, एकैपटक १० हजारलाई म्यासेज पठाउन सकिने

भोलीदेखि टेलिकमको ग्रुप एसएमएस अफर संचालनमा, एकैपटक १० हजारलाई म्यासेज पठाउन सकिने



काठमाडौं । नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले कात्तिक ८ गते अर्थात मंगलबारदेखि संचालनमा ल्याउन लागेको हो ।

laxmi

कात्तिक २१ गतेसम्म रहने उक्त अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ ।

त्यसैगरी २ हजार ५ सय रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि ग्रुपएसएमएस डट एनटीसी डट नेट डट एनपीमा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL