Logo

के स्मार्टफोन अपरिहार्य वस्तु नै हो ? डिजिटल बन्दै गएको विश्वमा स्मार्टफोन विनाको जीवन कस्तो होला ?

के स्मार्टफोन अपरिहार्य वस्तु नै हो ? डिजिटल बन्दै गएको विश्वमा स्मार्टफोन विनाको जीवन कस्तो होला ?



काठमाडौं । अहिलेको जमानामा धेरै मानिसहरु खाना पानीभन्दा पनि स्मार्टफोन अपरिहार्य हो भन्ने सोच्नछन । तर, केहीले भने स्मार्टफोनलाई अपरिहार्य वस्तु मान्दैनन् । जस्तै विश्वकै तेस्रो धनी वा सेयर बजारका बादशाह वारेन बफेटले धेरै बर्षदेखि एक फ्लिप फोन चलाउँदै आएका थिए । सन २०२० मा मात्रै उनले आफ्नो फोन आईफोनको अपग्रेड गरे ।

जसले एउटा प्रश्न खडा गर्याे, के अहिलेको समयमा स्मार्टफोन अपरिहार्य हो ? तर, धेरैजसोले स्मार्टफोन आवश्यकता बनेको बताउँछन् । धेरै तथ्यहरुले पनि सान २०२१ को अन्तयसम्म आइपुग्दा स्मार्टफोनको अपरिहार्यताको पक्षपोषण गर्दछन् ।

स्मार्टफोनको अपनत्व र प्रयोग

पछिल्लो समय स्मार्टफोन बोक्नेको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । प्यु रिपोर्टका अनुसार सन २०११ मा ३५ प्रतिशत अमेरिकी नागरिकहरुले स्मार्टफोन बोक्ने गर्दथे । त्यसको १० बर्षपछि अर्थात हाल यो संख्या बढेर ८५ प्रतिशत पुगेको छ ।

जसमा महिला र पुरुषको संख्या उस्ताउस्तै देखिन्छ । तर, सबैभन्दा बढी स्मार्टफोन प्रयोगकर्ता भने १८ देखि २९ बर्ष उमेर समूहका छन् । जसमा धेरैजसो मानिसहरुले स्मार्टफोन प्रयोग गर्नुको कारण सामाजिक संजाल प्रयोग, गेम खेल्न र अन्य एपहरु चलाउन र फोन कल गर्न प्रयोग गर्ने गरेको बताएका छन् ।

यस्तै केहीले भने बिल तिर्न, बैंक ब्यालेन्स जाँच गर्न, बजेट व्यवस्थापन गर्नलगायत काममा प्रयोग गर्छन । तर, ७५ प्रतिशत बढि स्मार्टफोन प्रयोगकर्ता भने फोनकलकै लागि स्मार्टफोन प्रयोग गर्छन् । प्रायजसो मानिसहरुले भने स्मार्टफोन लक्जरी प्रयोगका लागि गर्ने गरेको अध्ययनले देखाउँछन् ।

कार्यक्षेत्रमा स्मार्टफोनको प्रयोग

पछिल्लो समय विस्तार हुँदै गएको डिजिटल वातावरणले स्मार्टफोनको प्रयोगलाई ऐच्छिकको सट्टा अनिवार्य बनाएको छ । हाल धेरैजसो कम्पनीहरुले आफ्ना विभिन्न सूचना तथा अभिलेखहरुलाई क्लाउड प्रविधिमा राख्ने गरेका छन् भने कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई एकआपसमा जोड्न मोबाईल फोनको प्रयोग गर्ने गरेका छन् ।

कम्पनीहरुले प्रयोग गर्ने क्लाउड टेक्नोलोजीमा आफ्ना कर्मचारीहरुलाई जोड्न मल्टिफ्याक्टर अथेन्टिकेसनको आवश्यक पर्छ जुन स्मार्टफोनबाट सम्भव छ । यस्तै, कहिलेकाहीँ कर्मचारीहरुले कार्यालय बाहिर काम गर्नुपर्ने अवस्था आएको खण्डमा पनि स्मार्टफोनले सहयोग पुर्याउँछ । यसैले अहिलेको डिजिटल विश्वमा समयानुकुल जीवन बाँन पनि स्मार्टफोन नभई नहुने वस्तु बन्दै गएको छ ।

मजोरञ्जन तथा यात्रामा स्मार्टफोन

पछिल्लो समय मनोरंजन तथा यात्रामा समेत स्मार्टफोनको प्रयोग अनिवार्य हुन थालेको छ । जसको एक बलियो उदाहरणको रुपमा न्यु जर्सीको एक प्रान्तलाई लिन सकिन्छ । त्यहाँको समुन्द्र किनारमा मनोरंजन गर्नका लागि पाईने पास भिप्ली एपमार्फत पाईन्छ नभए दिनभर वा हप्ताभर नै लाईन बस्नुपर्ने बाध्यता हुन्छ ।

यस्तै डिज्ने वल्र्ड भिजिट गर्ने पर्यटकहरुले पनि एक एप डाउनलोड गर्नुपर्ने हुन्छ । जसमार्फत उनीरुले कन्ट्याक्टलेस डाईनिङको सुविधा पाउँछन् । यस्तै पछिल्लो समय हवाईजहाजको बोर्डिङ पास, होटलको कोठाको बोर्डिङपासलगायतमा पनि स्मार्टफोन अनिवार्य भईसकेको छ ।

स्वास्थ्यसेवामा स्मार्टफोन

स्मार्टफोन अनिवार्य आवश्यक हुने अर्काे क्षेत्र हो स्वास्थ्य सेवा । जसमाफर्त टेलिहेल्थ, घरबाटै डाक्टरसँग सल्लाह, परामर्शलगायत कामहरु गर्न सकिन्छ । यस्ता सुविधा डाक्टरलाई भेटिराख्नुपर्ने रोगी मानिसहरुका लागि अति आवश्यक मानिन्छन् । जसले सिधै डाक्टरलाई भौतिक रुपमा भेट्नुपर्ने समस्या अन्त्य गरिदिएको छ । यस्तै अमेरिकालगायतका देशहरुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ जुन स्मार्टफोनबाट सम्भव छ । अनुवादित सामग्री

प्रतिक्रिया दिनुहोस्
MBL