Logo

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडनको आर्थिक योजना विश्वका लागि कति व्यवहारिक छ ?

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडनको आर्थिक योजना विश्वका लागि कति व्यवहारिक छ ?



काठमाडौं । प्रक्षेपणका अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडन अमेरिकी राष्ट्रपति पद सुरक्षित गर्नका लागि पर्याप्त चुनावी भोट प्राप्त गरेका छन् । के उनको आर्थिक योजना महामारीको बीचमा काम गर्दछ र अमेरिकाको भाग्य बदल्छ ? चार वर्ष अगाडि डोनाल्ड ट्रम्पले श्रमजीवी अमेरिकीहरूलाई अकल्पनीय कुराको प्रतिज्ञा गरेका थिए । लगभग १०० बर्षदेखि अमेरिकाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा खडा गरेको निर्माण उत्पादनको फिर्ती, जुन विगत दुई दशकहरूमा चीन र मेक्सिकोको कब्जामा गइसकेको छ ।

laxmi

ट्रम्पले उत्पादनमुलक क्षेत्रमा प्रशस्तै रोजगारी तथा आगामी १ सय बर्षसम्म अमेरिकालाई विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र सावित गर्ने बताएका थिए । उनले आफ्नो कार्यकालको पहिलो चरणअन्तर्गत उत्पादनमुलक क्षेत्रलाई बढावा दिई ‘अमेरिका फस्र्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता आकर्षक नारालाई प्राथमिकता दिएपछि अमेरिकीहरुले उनको खुबै प्रशंसासमेत गरे ।

सोहीअनुसार उनका प्रतिद्वन्दी भर्खरै अमेरिकााको ४६ औं राष्ट्रपतिमा निर्वाचित जोय बाइडनले पनि अमेरिकामा उत्पादनको आधिपत्य बनाई अमेरिकी बस्तुको बजार विश्वभर बनाउने बताएका छन् ।

निर्माण प्रतिज्ञा

कोरोना भाईरसको महामारीबाट प्रभावित बनेको अर्थतन्त्रलाई पहिलो प्राथमिकतासँगै उनले अमेरिकामा निर्माण क्षेत्रमा विशेष जोड दिने बताएका छन् । उनले अमेरिकी वस्तु पहिलो भन्ने मान्यता राख्दै अमेरिकामै लाखौंैंलाई रोजगारीको सिर्जना गर्ने र अटो क्षेत्रलाई बढावा दिने योजना पनि बनाएका छन् ।

पूर्व उपराष्ट्रपति रहिसकेका बाइडनको आर्थिक योजनामा विदेशी कम्पनीहरुलाई १० प्रतिशत करको व्यवस्था गरिएको छ । जसका कारण अमेरिकी कम्पनीहरुले अमेरिकामा भरपुर नाफा कमाउन र उत्पादन बढाउन सकुन । तर कुनै पनि कम्पनी वा उद्योगले आन्तरिक उत्पादनलाई बढावा दिने प्रतिवद्धता गरे त्यस्ता कम्पनीलाई भने १० प्रतिशत कर छुटको व्यवस्था समेत गरिएको छ ।

मुडीज एनालाईसीसका प्रमुख अर्थशास्त्री मार्क जान्डीले उनले अब ह्वाईटहाउस पाईसकेपछि उनको योजना ‘मेड ईन अमेरिका’ नीतिलाई सही रुपले अगाडि बढाउनुपर्ने बताउँछन् । तर, केही अर्थशास्त्रीहरु भने उनका योजनाहरुलाई ट्रम्पकै योजनाजस्तै संदिग्ध मान्छन् । जसका कारण छिमेकी र प्रतिश्पर्धी देशहरुसँगको व्यापार वातावरणमा ठूलो नोक्सान पुग्छ ।

वृहत खर्चको योजना

वाईडेनले यसअघिका विभिन्न घाटाहरुको पूर्वजानकारी लिँदै अमेरिकाको अर्थतन्त्रलाई नयाँ मोडमा पुर्याउन ठूलो खर्चको योजना बनाएका छन् । संघीय घाटालाई अझै विस्तार गर्न उनले ३ दशमलव ३ ट्रिलियन डलर अर्थात जीडीपीको १६ प्रतिशत खर्च गर्ने योजना बनाएका हुन् । यस्तै उनले आगामी दशक भने ५ दशमलव ४ ट्रिलियन डलर खर्च गर्नुपर्ने मान्यता राखेको बताईएको छ । अमेरिकामा उनले जलवायु परिवर्तनको सामना, हेल्थकेयरमा पहुँच विस्तार, जातिय समानतालगायत विषयहरुलाई जोड दिएका छन् । उनको अभियानका लागि बनाईएको वेबसाईट जोयबाईडन डट कमका अनुसार अमेरिकाको बढ्दै गरेको पूर्वाधार विकासले उनको लक्ष्यमा पुग्नलाई सहयोग पुर्याउनेछ ।

व्यापारमा कडाई

यसअघि ट्रम्पले चीनविरुद्ध व्यापार युद्धका लागि मेक्सिको र ईयुसँग सम्बन्ध विगारेका थिए । बाइडनले भनेले उक्त सम्बन्धमा सुधार ल्याई ट्रम्पका कतिपय व्यापार नीतिलाई परिवर्तन गर्नेे बताईएको छ । तर, केही व्यापार विज्ञहरु भने वाईडनले आफ्ना भोटरको सम्मानका लागि भएपनि मेड ईन अमेरिका नीतिलाई अवलम्बन गर्नका लागि व्यापारमा कडाई गरी आयातमा ठुलो कटौती गर्ने बताउँछन् । जसले बाइडनको आर्थिक नीतिले पनि विश्व अर्थतन्त्रमा अमेरिकी नीतिको पक्षपोषण गर्ने जानकारहरुको धारणा छ । डिडब्लुबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL