Logo

कोरोना भाईरसबारे अनुत्तरित पाँच प्रश्नहरु, जसको उत्तर वैज्ञानिकले पनि पत्ता लगाउन सकेनन्

कोरोना भाईरसबारे अनुत्तरित पाँच प्रश्नहरु, जसको उत्तर वैज्ञानिकले पनि पत्ता लगाउन सकेनन्



काठमाडौं । पछिल्लो ७ महिनादेखि हामीले कोभिड–१९ नामक रहस्य नियालिरहेका छौं । यो रहस्य मात्रै नभएर यसले सुल्झाउनै नसकिने धेरै प्रश्नहरु समेत खडा गरिदिएको छ । यस्ता प्रश्नहरु आईरहने क्रम जारी छ ।

laxmi

तर, हालै विभिन्न विशेषज्ञहरुले भने यसको रहस्यबारे भनौ हालसम्म अनुत्तरित रहेका ५ ओटा प्रश्नहरुको उत्तर दिने प्रयास गरेका छन् । हामीले कोरोना विरुद्धको प्रभावकारी तथा सुरक्षित खोप कहिले पाउँछौं ? भन्ने सबैभन्दा प्रमुख र धेरैको जिज्ञासा भएको प्रश्न हो ।

हाल विश्व स्वास्थ्य संगठनले विश्वभरीका १ सय ७० बढी खोप बनाउने कम्पनीलाई अनुमति दिएको छ । जसमार्फत कोरोनाको खोप बनाउने कार्य भईरहेको छ । सामान्यतया खोप बनाउन १ देखि २ बर्षसम्म लाग्न सक्यी खोपहरु पनि कोरोना ने बताइएपनि रुस, चीन, बेलायतले खोप तयार पारिसकेको तथा तयार हुन लागेको बताइरहेका छन् । तर,यी खोपको प्रभावकारिता कस्तो रहन्छ भन्ने प्रशन भने बैज्ञानिहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर, कोरोना भाईरसको खोप भने यो बर्षको अन्त्यसम्ममा उपयोगमा आउने विज्ञहरु बताउँछन् ।

यस्तै मानिसहरुको मनमा धेरै उब्जिएको प्रश्न हो बालबालिकाहरु कोरोना संक्रमण्का कारण बयस्क मानिसहरुभन्दा बढी खतरापुर्ण अवस्थामा छन् ? पछिल्लो समय महामारी फैलिरहँदा बालबच्चा र वृद्धवृद्धाहरु बढी पीडित भएको बताएको थियो । तर, वैज्ञानिकहरुले एक अन्तरवार्तामा यसमा कुनै तथ्य नभएको बताएका छन् ।

बयस्क जस्तै बालबालिकामा पनि कोरोनाविरुद्ध लड्ने क्षमता हुने भएकाले कोरोना भाईरसले बालबालिकालाई बढी आक्रमण गर्ने तथ्य झुटो भएको वैज्ञानिक दाबी छ । तर, कतिपय बालबालिकाहरुमा भने यसको प्रकोप बढी हुने उल्लेख गरिएको छ । सोहीअनुसार बालबालीकाहरु बढी प्रभावित हुनेगरेको अध्ययनले देखाएको छ ।

यस्तै कोरोनाबारे अर्को सबैभन्दा चासो रहेको प्रशन किन कुनै मानिसमा कोरोना भाईरसका लक्षण देखिने र कुनैमा नदेखिने हुन्छ भन्ने हो । यो प्रश्न पनि धेरै मानिसहरुले सोध्ने गरेको बैज्ञानिकहरु बताउँछन् । हालसम्म कोरोना संक्रमितमध्ये ८० प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएको छैन । यसमा सबैभन्दा बढी मोटोपन, केही कमजोरीहरु तथा अन्य प्राकृतिक कारणले पनि असर पारेको बैज्ञानिकहरु बताउँछन् ।

यस्तै बैज्ञानिकका अनुसार यो एक रहस्यमय भाईरस भएकाले यसको संक्रमणपश्चा कतिलाई लक्षण देखिने र कतिपयलाई नदेखिने गरेको पाईएको छ । जसको प्रमुख कारण एक वंशाणुगत गुणलाई पनि लिन सकिन्छ । यस्तै रगतको समुह, श्वासप्रश्वाससम्बन्धी रोगलगायतले पनि लक्षण देखिने वा नदेखिनेमा असर पार्दछ ।

अर्को महत्वपूर्ण प्रश्न के निको भएका संक्रमितहरुलाई पुनः संक्रमण हुन्छ ? भन्ने हो । विज्ञहरुका अनुसार यो प्रश्नको ठोस उत्तर नभएपनि कोरोना भाईरस पुनः संक्रमण हुनलाई यो मानव शरिमा कति समयसम्म रह्यो र मानिसमा प्रतिरोधी क्षमता कति छ भन्नेले असर पार्दछ । यसले खासगरी मानव शरिरको श्वासप्रश्वास प्रक्रियामा असर पार्ने भएकाले पुनः त्यस्तो अप्ठ्यारो नपर्ला भनेर भन्न सकिँदैन ।

मानिसलाई कहिले यसका लक्षण नदेखिएर पनि कोरोना संक्रमण पोजेटिभ हुन्छ भने कहिले लक्षण देखिएर पनि नेगेटिभ देखाउँछ । तर बैज्ञानिकहरु भने एकचोटी कोरोना संक्रमण भएकाले पुनः संक्रमण हुनसक्ने खतरा रहेको बताउँछन् ।

कोरोना महामारीमा सबैभन्दा जटिल प्रशन अर्थात पाँचौ प्रशन के यो भाईरसको अन्त्य हुन्छ ? भन्ने हो । बैज्ञानिकहरुले यो प्रश्नको उत्तर नहुने बताउँछन् । पछिल्लो ७ महिनादेखि लगातार बढिरहेको संक्रमण अब कहिले अन्त्य हुन्छ भनेर भन्न सकिने अवस्था छैन । यसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । यस्तै निको भएकाहरुलाई पनि पुनः संक्रमण हुने खतरा उत्तिकै हुने भएकाले यसको अन्त्य हुन अप्ठ्यारो रहेको बैज्ञानिकहरु बताउँछन् । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL