Logo

नयाँ अनुसन्धानपछि बैज्ञानिकको दाबी : कोरोना भाईरस अब सधैं हामीसँगै रहन्छ, कहिल्यै निर्मूल हुँदैन्

नयाँ अनुसन्धानपछि बैज्ञानिकको दाबी : कोरोना भाईरस अब सधैं हामीसँगै रहन्छ, कहिल्यै निर्मूल हुँदैन्



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका अन्त्य नहुने बैज्ञानिकहरुले दावी गरेका छन् । पछिल्लो समय यसका विरुद्धको खोप तयार गर्ने प्रतिस्पर्धा बढिरहँदा वैज्ञानिकहरुले भने खोपद्वारा यसलाई निर्मूल पार्न नसकिने अनुसन्धानबाट देखिएको बताएका छन् ।

laxmi

केहीदिन अघि बिबीसी रेडियो कार्यक्रममा बोल्दै सर मार्क वालपोर्टले कोरोना भाईरसको प्रकोपलाई दादुरा जस्तो खोपद्वारा जरैदेखि उखेल्न नसकिने बताएका हुन् । उनका अनुसार धेरै जनसंख्या भएको क्षेत्रमा सजिलै र छिट्टै फैलने कोरोना भाईरसको प्रकोपलाई केही हदसम्म नियन्त्रण गर्न सकिएपनि जरैदेखि उखेल्न भने सकिनेछैन ।

र यो भाईरस हामीसँग सधै रहनेछ अर्थात एकपटक संक्रमण भएर खोपद्वारा निको भएपनि पुनः संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले मानिसहरुले यसको भ्याक्सिन बनेको खण्डमा बेलाबेलामा भ्याक्सिन लगाईराख्नुपर्ने हुन सक्नेछ ।

विश्व स्वास्थ्य संगठनका अध्यक्ष टेड्रोस अधनोम घब्रेससले भने १९१८ मा फैलिएको स्पेनिस फ्लुलाई निर्मूल पार्न प्रविधिको कमी कारण २ बर्ष लागेको तर हाल कोरोना भाईरस प्रविधिका कारण पनि छिटै निर्मूल हुन सक्ने बताएका छन् । स्पेनिस फ्लुका कारण विश्वभर ५ करोड बढीले ज्यान गुमाएका थिए । कोरोना भाईरसका कारण हालसम्म ८ लाख बढीको निधन भईसकेको छ भने २ करोड ३० लाख बढी संक्रमित छन् ।

कोरोना संक्रमण र यसको भविष्बारे विश्वका विभिन्न देशमा हजारौं वैज्ञानिक तथा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिरहेका छन् । पछिल्लो समय कोरोनाको खोप तयार गर्ने विश्वव्यापी प्रतिस्पर्धा चलिरहेको छ ।

जसमा रुसले कोरोनाको खोप तयार भएको र आगामी महनिादेखि बजारमा ल्याउने बताइसकेको छ । तर, अमेरिकालगायत अन्य राष्ट्रले भने रुसले बनाएको खोपको प्रभावकारिताबारे विश्वस्त हुन नसकने बताउँदै आएका छन् ।-बिबीसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL