Logo

कोरोना निको भएकाहरुले एक महिनामै भाइरस प्रतिरोधात्मक क्षमता गुमाउन सक्ने, सावधान रहन विज्ञको सुझाव

कोरोना निको भएकाहरुले एक महिनामै भाइरस प्रतिरोधात्मक क्षमता गुमाउन सक्ने, सावधान रहन विज्ञको सुझाव



काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट बिरामी परेर निको भएका बिरामीहरूले एक महिनाभित्रै पुनः प्रतिरोधात्मक क्षमता गुमाउन सक्ने देखिएको छ । सोमबार जारी गरिएको एक अनुसन्धान प्रतिवेदनअनुसार विज्ञहरूले यस्तो जानकारी दिदैं सम्बन्धित देशका सरकारले महामारीको व्यवस्थापनमा कसरी काम गछर्न भन्ने कुराले ‘महत्वपूर्ण’ प्रभाव पार्ने बताएका छन् ।

यस किसिमको पहिलो अध्ययनमा किंग्स कलेज लन्डनका अन्वेषकहरूको नेतृत्वमा रहेको टोलीले ९० भन्दा बढी संक्रमण पुष्टि भएका बिरामीहरूमा एन्टिबडीहरूको स्तर र उनीहरू कसरी समयको क्रममा बदलिए भनेर जाँच गरेका थिए ।

रगत परीक्षणहरूले केवल सामान्य कोभिड–१९ लक्षणहरू भएको व्यक्तिहरुमा पनि भाइरस प्रतिरक्षा प्रतिक्रिया जाँच गरेका थिए । अध्ययन समूह मध्ये ६० प्रतिशतले संक्रमण पछि पहिलो केही हप्तामा “शक्तिशाली“ भाइरस प्रतिरक्षा प्रतिक्रिया देखाएको थियो ।

यद्यपि, तीन महिनासम्म १६ दशमलव ७ प्रतिशतले उच्चस्तरको कोभिड–१९ प्रतिरोधी क्षमता कायम राखेका थिए । र ९० दिन पछि धेरै बिरामीहरूको रक्तप्रवाहमा पत्ता लगाउन सकिने प्रतिरोध क्षमता (एन्टिबडी) भेटिएन् ।

जब शरीरले भाइरस जस्तो बाह्य खतराको सामना गर्दछ, यसले कोषहरूलाई ट्रयाक गर्न र भाइरससँग लड्न एउटा क्रम तयार गर्छ । यस्ता एन्टिबडीहरूले प्रोटिनहरू उत्पादन गर्दछन र जुन शरीरले संघर्ष गरिरहेको विशिष्ट एन्टिजेनलाई लक्षित क्रमादेशलाई काट्छ । जबसम्म कसैसँग पर्याप्त एन्टिबडीहरू हुन्छन्, तिनीहरूले नयाँ संक्रमणहरू हटाउँदछन् र प्रतिरक्षा गर्दछन् ।

तर, सोमबार जारी अनुसन्धानले प्रतिरोधात्मक क्षमतालाई कोरोना संक्रमणमा त्यति उपयोगी मान्न नसकिने उल्लेख गरेको छ । इन्फ्लूएन्जा जस्ता अन्य भाइरसहरूमा पनि जस्तै कोरोनामा पनि केही महिनाभन्दा बढी लामो समयसम्म प्रतिरोधी क्षमता नहुने बैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

विज्ञहरूले प्रस्तुत गरेका नयाँ खोजहरूले भ्याक्सिन अनुसन्धान र विकासको लागि साथै अब कसरी महामारी व्यवस्थित गर्नेसहित महामारीको अर्को चरणको योजना कसरी परिवर्तन गर्ने भनेर अहिलेको योजजा परिवर्तन गर्न सक्छ ।

‘यो एउटा महत्वपूर्ण अध्ययन हो जसले सार्स–कोभ–२ लाई प्रतिरोधीको दीर्घकालीन गतिशीलता परिभाषित गर्न सहयोग पुग्छ’, युनिभर्सिटी अफ वारविकको आणविक अकोलोजीका प्राध्यापक लरेन्स यंगले भने । ‘यसले अझ प्रभावकारी खोपको विकास गर्ने हो भने सुरक्षा प्रतिरोधात्मक क्षमता कस्तो देखिन्छ भनेर अझ राम्ररी बुझ्नु पर्ने आवश्यकतालाई जोड दिन्छ,’ अनुसन्धानमा संलग्न नभएका यंगले भने ।

वारविक मेडिकल स्कूलका मानद क्लिनिकल लेक्चरर जेम्स गिलले अनुसन्धानले विशेष गरी युरोपको छुट्टीको मौसमको शुरुवातमा भाइरस फैलाउन न्यूनीकरण गर्ने उपायहरू गरिरहनुपर्ने आवश्यकता औंल्याए ।

‘यी बिरामीहरूलाई कोभिड–१९ को एन्टिबडीहरू भएकोमा छक्कै पारेको जस्तै, यदि कुनै सुरक्षा लाभ हल्का, वा कम्तिमा क्षणिक हो भने हामी अचम्म मान्नुपर्दैन,’ उनले भने । अध्धयन प्रतिवेदनमा सकारात्मक एन्टिबडी परीक्षण भएकाहरू पनि सावधानी, सामाजिक दूरी र उपयुक्त मास्क प्रयोग जारी राख्नुपर्छ भन्ने उल्लेख छ । –एएफपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL