Logo

बिसीजी भ्याक्सिन कोरोना संक्रमणबाट हुने मृत्यु कम गर्न प्रभावकारी, रोग प्रतिरोधी क्षमता उच्च रहने वैज्ञानिकको निष्कर्ष

बिसीजी भ्याक्सिन कोरोना संक्रमणबाट हुने मृत्यु कम गर्न प्रभावकारी, रोग प्रतिरोधी क्षमता उच्च रहने वैज्ञानिकको निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) मा क्षयरोगको भ्याक्सिन बेकलिस क्यालमेट ग्युरिन (बिसिजी खोप) ले कोरोना विरुद्ध काम गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ । यसैक्रममा हालै गरिएका धेरै अनुसन्धानहरुमा क्षयरोगको भ्याक्सिन बिसिजी खोप ले कोरोनाविरुद्ध प्रभावकारी रुपमा काम गरेको पाईएको छ ।

अनुसन्धाताहरुका अनुसार उक्त भ्याक्सिन लगाउने नीति भएका देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कम छ । बिसीजीले कोरोनाका कारण निम्तिने विभिन्न बिरामीलाई कम गर्ने भएपनि यसले खासगरी रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ ।

विश्व बैंकले बिसीजी खोपको प्रयोगलाई निरुत्साहीत बनाउनुपर्ने बताईरहेपनि विभिन्न अनुसन्धाताहरुले यसले कोरोनाविरुद्ध सहयोग गर्न सक्ने भन्दै अनुसन्धान गरिरहेका थिए । यस्तो बेलामा बैज्ञानिकहरुले बीसीजी भ्याक्सिनले कोरोना विरुद्ध ठुलो सहयोग पुग्ने बताईरहेका छन् ।

वैज्ञानिकहरुले विभिन्न समुदायजस्तै युरोपका विभिन्न देशमा बिसीजी खोपका कारण कोरोना संक्रमितको मृत्युसंख्या घटेको बताएका छन् । उक्त देशहरुमा मृत्युदर १० प्रतिशतभन्दा बढीले घटेको बताईएको छ । उनिहरुका अनुसार अमेरिकाका तुलनामा बीसीजी भ्याक्सिन प्रयोग गर्ने गरेका देशहरुका मानिसहरुको कोरोनाविरुद्ध प्रतिरोधि क्षमता बढी हुन्छ । सोहीअनुसार वृद्धहरुको पनि यसका कारण मृत्यु हुने दर कम हुन्छ ।

यस्तै अन्य केही अनुसन्धाताहरले पोलियो, दादुरा, रुबेलालगायतका खोपहरुले पनि विभिन्न रोग विरुद्धको काम गर्ने गरेको बताएका छन् । तर उनिहरुले क्लिनिकल ट्रायलमा प्रमाणीत भएको खोप मात्रै प्रयोगयोग्य हुने बताएका छन् । यसै सन्दर्भमा बिल मेलिन्डा गेट फाउन्डेसनले कोरोना विरुद्धको खोप निर्माणका लागि यसको क्लिनिकल ट्रायलका लागि मात्रै १ करोड डलर खर्चने घोषणा गरेको छ । जसमार्फत १० हजार स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुले भाग लिनेछन् ।

तर अमेरिका तथा बेलायतकै विभिन्न विश्वविद्यालयहरुले कोरानाविरुद्धका लागि बीसीजी खोपको परीक्षण गर्ने बताएका छन् । हाल एशियाका धेरै देशहरुमा बिसीजी खोप लगाउने कार्यक्रम लागु गरिएको छ । तर अमेरिकामा भने छैन । अमेरिकामा क्षयरोगको प्रकोप कम भएकै कारण यसको निति छैन ।

तर अनुसन्धाताहरुले बीसीजी खोप लगाउने नीति नभएका देशमा कोरोनाले अझै सताउने बताउँदै आएका छन् । सिएनएनबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL