Logo

कोरोना महामारीको बेला हवाई यात्रा गर्नु कत्तिको जोखिमपूर्ण छ ? यस्तो छ निष्कर्ष

कोरोना महामारीको बेला हवाई यात्रा गर्नु कत्तिको जोखिमपूर्ण छ ? यस्तो छ निष्कर्ष


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा जहाजमा यात्रा गर्नु कत्तिको जोखिमयुक्त हुन्छ ? यो प्रश्न वर्तमानमा सबैको मनमा उत्पन्न हुन सक्छ । नेपालको परिस्थितिमा हाल सरकारले नै विदेशमा अलपत्र परेका नपालीहरुलाई उद्धार कार्य अघि बढाएको छ ।

सुरक्षाका सबै मापदण्ड पुरा गरेर उद्धार गरेको भएपनि कोराना भाईरसको खतरा पनि उत्तिकै हुने विज्ञहरु बताउँछन् । जहाजमा आवतजावत गर्दा कोरोना भाईरसको खतरा अन्य क्षेत्रमा या समयका तुलनामा बढी हुन्छ । तर यस्तो बेला बायुसेवा कम्पनी तथा यात्रुले पनि पूर्वतयारी गर्न सक्छन् र कतिले विभिन्न उपाय अवलम्बन पनि गरेका छन् ।

हवाई यात्राका लागि सुरक्षा जाँचमा लाईन लाग्नुपर्ने तथा टर्मिनलमा घण्टौं बस्नुपर्ने हुन्छ । जसले संक्रमणको जोखिम निम्त्याउँछ । तर, हवाई यात्रा विस्तारै खुल्दौ गर्दा हवाई यात्राका लागि बिमानस्थललगायत स्थानमा बढी भीड हुन सक्छछ । अर्कोतर्फ यात्राका क्रममा तपाईले धेरै जनासँगको सामिप्यतामा धेरै समय विताउनुपर्ने हुन्छ जसले थप जोखिम निम्त्याउँछ ।

अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार जहाजभित्र हावा ओहोरदोहोर नहुने भएकाले एकै पटकमा जहाजमा भाईरसहरु सजिलै फैलन सक्ने अवस्था रहँदैन् । साथै एयरलाईन्स कम्पनीहरुले मानिसले धेरै छुने स्थानमा सेनिटाईज गर्ने काम गरिरहेका पनि छन् । विभिन्न एयरलाइन्स कम्पनीहरुले अहिले सुरक्षाका विभिन्न उपाय अपनाइरहेका पनि छन् ।

अलास्का, डेल्टा, जेट ब्लुलगायतका केही एयरलाईन्स कम्पनीहरुले भने जहाजको बिचको सिट खाली छोडेर अन्य सिटलाई सिमित बनाएर उडान गरिरहेका छन् । बिचको सिट खाली हुँदा पनि न्यूनतम दुरी अर्थात ६ फिटको दूरी भने कायम नहुने नहुनाले जोखिम भने रहिरहेको हुन्छ ।

तर, अमेरिकाका केही एयरलाईन्सले भने पूर्ण क्ष्मतामा यात्रु लिएर उडान भरिरहेका छन् । तर, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क भने लगाउनैपर्छ । यस्तै हात धुनेलगायतका कार्यलाई पनि उत्तिकै मात्रामा ध्यान दिन र सामाजिक दूरी कायम गर्दै फेस मास्क लगाउन निर्देशन दिईएको छ । विज्ञहरुले समग्रमा हवाई उडान जोखिमरहित भने नभएको उल्लेख गरेका छन् र सुरक्षा मापदण्ड पूर्ण पालनामा जाड दिएका छन् । एपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL