Logo

कोरोनाको औषधि उत्पादन गर्ने पहिलो देश बन्यो बंगलादेश, १२७ देशमा निर्यात गर्न अनुमति

कोरोनाको औषधि उत्पादन गर्ने पहिलो देश बन्यो बंगलादेश, १२७ देशमा निर्यात गर्न अनुमति



काठमाडौं । बंगलादेशस्थित बेक्जिमको फर्मास्युटिकल्सले आफु कोरोनाभाईरस विरुद्धको विश्वकै पहिलो जेनेरिक संस्करण बेच्ने कम्पनी भएको दावी गरेको छ ।

उक्त फर्मास्युटिकल्सले विश्वमै पहिलोपल्ट मानव शरिरमा एन्टीभाईरलको काम गर्ने औषधि विश्वका विकासशील देशलाई पठाएको दावी गरेको हो ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत रब्बुर रेजाका अनुसार उक्त कम्पनीमा नर्वेस्थित नोर्ज बैंकका लगानी रहेको छ । उनका अनुसार कम्पनीले विकासशील देशहरुलाई एन्टीभाईरल औषधि रेमडेजिभीर प्रति भाईल ६ हजार टाकामा विक्रिवितरण गर्ने गरेको छ ।

तर, कम्पनीले देशभित्रैका विभिन्न प्रान्तहरुमा भने कोरोना भाईरसका उपचारका लागि भन्दै निशुल्क औषधि वितरण गर्ने गरेको जानकारी दिएको छ ।

बंगलादेशले विश्व व्यापार संगठनको अधिनमा रही जेनेरिक औषधि बनाउन सक्ने छ । साथै उसले विश्वका अल्पविकशित देशहरुमा अनुदानमा औषधि दिन सकिने उल्लेख छ ।

रेमडेजिभीरलाई मानव शरिरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने औषधि मानिएको छ । जसका कारण कोरोना भाईरसलगायतका भाईरसहरुसँग लड्ने क्षमता राख्दछ । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेजाका अनुसार औषधिको माग विभिन्न देशबाट भईरहेको छ । तर, औषधि परम्पागत तरिकाले विक्रिवितरण नगरेर कुनै देशको सरकारले अर्डर गरेको आधारमा मात्रै निर्यात गर्ने उनले बताए । -ब्लुमबर्गबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL