Logo

सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्रीले भने ‘सेयर बजारमा संस्थागत र नीतिगत सुधार आवश्यक’

सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्रीले भने ‘सेयर बजारमा संस्थागत र नीतिगत सुधार आवश्यक’


बिजखबर संवाददाता
5.6k
Shares

काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको बारेमा संसदलाई संक्षिप्त जानकारी गराएका छन् ।

डा. खतिवडाले आज अर्थमन्त्रालयमा श्वेतपत्र जारी गनु अघि संसदलाई श्वेतपत्रको बारेमा संक्षेपमा जानकारी गराएका हुन् । उनले संसदमा बोल्दै बजेट अनुशासन उल्लङघन हुँदा सरकारी ढुकुटी रित्तिएको बताएका थिए ।

उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको जानकारी दिँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताएका छन् । साथै घट्दो रेमिटान्स आप्रवाह, वैदेशिक सहायतामा कमी भएको उनको भनाइ थियो ।

अर्थतन्त्र साधन परिचालनमा पूँजी बजार सशक्त माध्यम भएपनि हालल यो धितोपत्रमा मात्र सिमित भएको भन्दै पूँजी बजारमार्फत रकम परिचालन गर्न संस्थागत र नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाई थियो । संस्थागत लगानीकर्ताको कमी र वित्त बजारमा भएको व्याज बृद्धिले तथा सेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिले सेयर बजार भयावह भएको उनको भनाइ थियो ।

साथै देशमा अनौपचारिक अर्थतन्त्र मौलाएकाले राजस्व परिचालनमा समेत समस्या भएको उनको भनाई थियो । यसैगरी वितरणमुखी कार्यक्रमले समेत अर्थतन्त्रमा नकारात्मक असर पारेको उनले संसदमा जानकारी गराएका थिए । डा. खतिवडाले केही वेरमा श्वेतपत्रको पूर्ण पाठ अर्थमनत्रालयमा सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL