Logo

संघीय संरचना सञ्चालन गर्न ८ खर्ब २० अर्ब आवश्यक, यस्तो छ खाका !

संघीय संरचना सञ्चालन गर्न ८ खर्ब २० अर्ब आवश्यक, यस्तो छ खाका !


बिजखबर संवाददाता
1.6k
Shares

हरि लामिछाने

काठमाडौं । देशमा संघीय संरचना संचालन तथा कार्यान्यवनका लागि ८ अर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने भएको छ । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनु अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी ३ वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न ८ खर्ब २० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको हो । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ ।

आगामी ३ आर्थिक वर्षसम्म संघीय संरचना सञ्चालनार्थ ८ खर्बभन्दा बढी रकम आवश्यक देखिएकाले आर्थिक स्रोत जुटाउन चुनौतिपूर्ण रहेको अर्थ सचिव शङ्करप्रसाद अधिकारीले बताए । ‘भवन, सवारी, कर्मचारीको तालीमलगायतका विषयमा पहिलो चरणमा ठूलो रकम खर्च हुने देखिएको छ,’ उनले भने, ‘त्यसैगरी संघीय प्रणाली कार्यान्वयनका क्रममा समायोजनमा जान नचाहने र स्वच्छिक अवकाश रोज्ने कर्मचारीका लागि नै ४० अर्ब रुपैयाँ खर्च हुनेछ ।’

संघीय संरचनाअनुसार सात प्रदेशमा व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका सबै संरचना स्थापना हुँदै छन् । सो प्रदेशहरु तथा संरचनाका लागि कर्मचारी तथा कार्यालयको व्यवस्थापन गर्नुपर्नेछ । प्रदेशका संरचनाको स्थापनाका लागि मात्र थप १० अर्ब रुपैयाँ आर्थिक भार व्यहोर्नु पर्नेछ ।

संविधानमा उल्लेख भएको आर्थिक अधिकारसम्बन्धी व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्नेछन् ।

संघीयताका कार्यान्वयन भएपछि केन्द्रको खर्च भने कटौति हुने देखिएको छ । विद्यमान मन्त्रालयको संख्यामा पनि कमी आउने तथा मन्त्रालयअन्तर्गतका विभाग नरहने भएकाले पनि केन्द्रको सञ्चालन खर्च घट्ने भएको हो । ‘५ वर्षको ‘म्यान्डेड’ सहित नयाँ सरकार गठन हुने भएकाले मुलुकमा लगानीको वातावरण सिर्जना हुने र त्यसले मुलुकमा स्रोत तथा साधन जुटाउने छ,’ अर्थ सचिव अधिकारीले भने, ‘त्यसका लागि कानुनी तथा संरचनात्मक परिवर्तन गर्नुपर्नेछ ।’ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL