Logo

सेयर उतारचढावको कमाल : बिल गेट्स नै पछि परे

सेयर उतारचढावको कमाल : बिल गेट्स नै पछि परे


बिजखबर संवाददाता
0
Shares

सन् २०१३ देखि निरन्तर विश्वकै सबैभन्दा धेरै धनी व्यक्तिका रुपमा रहेका बिल गेट्सलाई पनि पछि पार्ने गरी एउटा नाम चर्चा आयो । गत बिहिबार गेट्सको ‘रिचेष्ट टाइटल’ माथि धावा बोल्दै चर्चित अनलाइन व्यापार ‘अमेजन’का मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा रहन पुगे । उनको चर्चा विस्तारै उकालो लाग्दै थियो । तर, बेजोसले यो टाइटलको स्वाद धेरै लामो समय चाख्न भने पाएनन् ।

बिहिबार सेयर बजार खुला भएपछि एकाएक अमेजनको सेयर मूल्य तीन प्रतिशतले बढेर प्रति सेयर १०८३.३१ डलर पुग्यो । अमजनको सेयर मूल्यको यो उचाइले त्यसका मालिक बेजोसको कुल सम्पत्ति ९३ अर्ब ३० करोड डलर पु¥याइदियो । जुन् त्यसअघि विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका गेट्सको तुलनामा निकै बढी थियो । बुधबार बजार बन्द हुँदा सम्म गेट्को सम्पत्ति ९० अर्ब ८० करोड डलर थियो । तर बिहिबार बजा बन्द हुनु अघि बेजोसको सेयरमा ०.७ प्रतिशतले गिरावट आयो र उनलाई पुनः धनीहरुको सुचीमा दोस्रो स्थानमा पु¥यायो ।
बेजोस निरन्तर उकालो लागि रहेका डलर अर्बपति मानिन्छन् । गत बर्ष उनी धनीहरुको सुचीको पाँचौ नम्बरमा थिए । यसै बर्ष उनी दोस्रो स्थानमा उक्लिएका छन् । केहि समय त गेट्सलाई नै चक्मा दिए । गेट्सले जस्तो बेजोसले आफ्नो सम्पत्ति सामाजिक कार्यमा लगाउने घोषणा भने गरिसकेका छैनन् । – एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL