Logo

इण्टरनेटमा भारतको एकाधिकार कायमै, चीनसँगको कनेक्टीभीटी अझै अनिश्चित

इण्टरनेटमा भारतको एकाधिकार कायमै, चीनसँगको कनेक्टीभीटी अझै अनिश्चित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको इण्टरनेटमा भारतीय एकाधिकार अझै कायमै रहेको छ । चीनतर्फ जोडिएको नेटवर्क सञ्चालन आउन नसक्दा हुँदा भारतीय एकाधिकार कायमै भएको हो ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इण्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिसकेको छ । तर, व्यवसायिकरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच नेपालमा इण्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा गत मंसिर २१ गते सम्झौता भएको थियो । सम्झौतामा तीन महिनाभित्रै व्यवसायिक रुपमा स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने उल्लेख छ । तर, सम्झौताको करिव ७ महिना वितिसक्दा पनि नेपालीले चीनको इण्टरनेट प्रयोग गर्न पाएका छैनन् । त्यसो त चीनीया इण्टरनेट कहिले आउछ भन्ने बारे स्वयं नेपाल टेलिकमनै अझै निश्चित हुुन सकेको छैन ।

विभिन्न प्राविधिक कारणले चीनीया इण्टरनेट सञ्चालनमा ढिलाई भइरहेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए । उनले दुवै पक्ष इण्टरनेट कनेक्टीभीटी उपयोगका लागि प्रयासरत रहेको उनको भनाई छ ।

इण्टरनेट सञ्चालनका लागि मंसिरमा सम्झौता भएपनि उक्त समयमा हिउँ पर्ने भएकाले त्यसको कार्यान्वयन तीन महिनापछि मात्रै आउने बताइएको थियो । त्यसपछि चीनतर्फको भागमा विछ्याइएको अप्टिकल फाइबर ‘रिरुट’ गर्नुप¥यो । रिरुटका क्रममा ‘हाइ अल्टिच्युट’मा काम गर्दा एक जना कामदारको मृत्यु भएपछि स्थानीयको अवरोधले काम सुचारु हुन नसकेको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।
‘चिनीयाँ कम्पनीले काम सूचारु गर्न अनुमती लिइसकेको बताएको छ’ उनले भने ‘कम्पनीका अनुसार जुलाइको अन्त्यसम्म इण्टरनेट आउने छ ।’ त्यस्तै, हिउँले पुरिएर चीनतर्फको भागमा केहि अप्टिकल भाँचिएकोको पनि थियो । सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले  रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो । ‘चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिने वित्तिकै व्यवसायिक रुपमा इण्टरनेट नेपालमा आउने जानकारी गराएको छ’ उनले भने ।

चीनबाट इण्टरनेट भित्रिएसँगै इण्टरनेटमा रहेको भारतीय एकाधिकार औपचारिक रुपमा तोडिने छ । उनका अनुसार भारतबाट नेपालमा ल्याइएको इण्टरनेट सेवा बन्द भएमा वा प्राविधिक समस्या आएको अवस्थामा पनि चीनीया इण्टरनेट विकल्प हुने छ ।
टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको हो । हाल नेपालले भारत हुँदै आएको इण्टरनेट प्रयोग गरिरहेको छ ।  नेपाल भारतको चेन्नई हुँदै समुन्द्रीमार्गबाट हङकङमा रहेको डेटा सर्भरमार्फत विश्वसँग टेलिकम्युनिकेसनमा जोडिएको छ । सो सर्भरमा चीनबाट जोडिदा दूरी कम पर्ने हुँदा इण्टरनेटको गति पनि तिव्र हुने छ ।

त्यसैगरी नेपालमा चल्ने इण्टरनेटमा नोइज कम भई डेटा स्पीड बढ्ने अधिकारीले जानकारी दिए । यसबाट प्रतिस्पर्धा समेत बढ्ने भएकाले उपभोक्तालाई इण्टरनेटको शुल्क पनि सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।

हाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर ल्याइएको उनले बताए । नेपालले अहिले भारतको बिएसएनएल,भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इण्टरनेट ल्याइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL