Logo

शिवमको खानीमा आगजनीपछि उद्योगी त्रसित, परिसंघले उठायो सुरक्षाको प्रश्न

शिवमको खानीमा आगजनीपछि उद्योगी त्रसित, परिसंघले उठायो सुरक्षाको प्रश्न


बिजखबर संवाददाता
0
Shares

शिवम सिमेन्ट लिमिटेडको चुनढुङ्गा खानीमा भएको आक्रमणपछि उद्योगी त्रसित बनेका छन् । अज्ञात समूहले केहि दिन अघि शिवम् सिमेन्टको चुनढुङ्गा खानीमा प्रयोगमा ल्याइएको ५ ओटा एक्साभेटरमा आगजनी गरेको थियो । उक्त आगजनीले उद्योगी व्यवासयी त्रसित बनेका हुन् ।

नेपाल उद्योग परिसंघले व्यवसायमा भएका यस प्रकारका हमलाले उद्योगीलाई त्रसित बनाएको भन्दै सुरक्षाको प्रश्न उठाएको छ । ‘यस्ता घटना क्रमले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने देखिन्छ’ परिसंघले विज्ञप्तीमा भनेको छ, ‘त्यसैले यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान सहित उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति सहित कामदार÷कर्मचारी एवं उद्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गर्छौ ।’

हाल केही उद्योग प्रतिष्ठानमा शान्ति सुरक्षाको प्रश्न उठेको र असुरक्षाका घटना हुन गएको जानकारी प्रति परिसंघको ध्यानाकर्षण भएको जनाएको छ । परिसंघको सदस्य समेत रहेको शिवम् सिमेन्टका ५ एक्साभेटरमा भएको आगजनीले करीब ५ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको परिसंघले जनाएको छ । परिसंघले उद्योगलाई क्षतिपूर्ती दिलाउन सरकारसँग माग पनि गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL