Logo

खनाल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले जारी गर्यो ४०८ बुँदे कार्ययोजना, यस्ता छन् नयाँ व्यवस्था (सूचीसहित)

खनाल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले जारी गर्यो ४०८ बुँदे कार्ययोजना, यस्ता छन् नयाँ व्यवस्था (सूचीसहित)



काठमाडौं । नेपाल सरकारले खनाल आयोग, २०८१ को सुझाव कार्यान्वयन गर्न ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी गरेको छ। यो योजनाले मौद्रिक नीति, वित्तीय अनुशासन, सार्वजनिक संस्थान, कानुनी सुधार र क्षेत्रगत विकासलाई समेट्छ।

नेपाल राष्ट्र बैंकले ब्याजदर स्थिर राख्न र तरलता व्यवस्थापन गर्नेछ। ४–८ महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति कायम गरिनेछ। सरकारी खर्च र करमा कटौती, कालोबजारी नियन्त्रण र सहज आपूर्ति सुनिश्चित गरिनेछ। १४ पुराना ऐन खारेज गरी नयाँ नियमनकारी ऐन ल्याइने कार्ययोजनामा उल्लेख छ।

हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको निजीकरण र जनकपुर चुरोट कारखाना खारेज गरिनेछ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र प्रत्येक प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाइनेछ। राष्ट्रिय अनुसन्धान परिषद् स्थापना र तथ्यांक कार्यालयको क्षमता वृद्धि गरिनेछ। प्रधानमन्त्री कार्यालयले अनुगमन गर्नेछ। कार्ययोजना तत्कालदेखि ३ वर्षभित्र लागू हुनेछ।
सूचीसहित :

प्रतिक्रिया दिनुहोस्