Logo

विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेर सनसनी मच्चाएको मोरक्को र नेपालको कस्तो छ व्यापार सम्बन्ध ?

विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेर सनसनी मच्चाएको मोरक्को र नेपालको कस्तो छ व्यापार सम्बन्ध ?



काठमाडौं । उत्तरी अफ्रिकी मुलुक मोरक्कोले शनिबार राति बलियो टोली पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । यसअघि बेल्जियम क्रोएसिया र स्पेनजस्ता बलिया प्रतिद्धन्दीसँग भिडेर अघि बढेको मोरक्कोले शनिबार साँझ पोर्चुगललाई १–० अन्तरले हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको हो ।

४ लाख ४६ हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफल भएको उक्त देशको जनसंख्या नेपालजत्तिकै ३ करोड ६७ लाख हाराहारी छ । कुल ३ खर्ब ५९ अर्ब डलर बराबरको कुल गार्हस्थ उत्पादन (जीडीपी) भएको मोरक्कोको प्रतिव्यक्ति आए ९ हजार ८ सय ८ डलर छ । यो देशमा खासगरी फोस्फेट उत्पादन, छाला, पर्यटनलगायत आम्दानीका स्रोत हुन् भने कृषि क्षेत्रमा पनि यहाँका मानिसहरु उत्तिकै रुचि राख्छन् । तर यसको वैदेशिक व्यापार सम्बन्ध नेपालसँग पनि उत्तिकै रहेको देखिन्छ ।

भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक बर्षको पहिलो ४ मिहना साउनदेखि कार्तिकसम्म १८ लाख ५८ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा ६ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अर्थात चालु आवको पछिल्लो ४ महिनामा नेपालले मोरक्कोसँग १२ लाख २६ हजार रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यस्तै गत आर्थिक बर्षमा भने नेपालले मोरक्कोसँग ४ लाख १० हजार रुपैयाँ बराबरको व्यापार नाफा आर्जन गरेको थियो । आव २०७८/७९ मा नेपालले मोरक्कोसँग १६ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा २० लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

नेपालले मोरक्कोसँग कम्प्युटर सफ्टवेयर, सवारीसाधनको इन्जिन, लाउडस्पिकर, मेक अपका सामग्री, प्रिन्टरलगायतका वस्तुहरु आयात गर्छ । अघिल्लो आर्थिक बर्ष नेपालले मोरक्कोसँग ५ करोड ४२ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु खरिद गरेको थियो । आर्थिक बर्ष २०७४/७५ मा नेपालले मोरक्कोबाट १६ करोड रुपैयाँ बराबरको उखुसमेत आयात गरेको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै मोरक्कोले नेपाललाई स्याम्पु, कार्पेट, औषधि, लत्ताकपडा, मेशिनलगायतका वस्तुपनि निर्यात गर्ने गरेको छ । यता नेपालले भने मोरक्कोलाई पश्मिना, गलैंचा, तयारी पोशाक, गरगहना, उनीका कपडा र हस्तकलाका सामग्री निर्यात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL