Logo

वार्ता र सार्थक सम्वादबाट समस्या समाधान गर्न चेम्वरको अनुरोध, बन्दले लुटपाट बढ्यो

वार्ता र सार्थक सम्वादबाट समस्या समाधान गर्न चेम्वरको अनुरोध, बन्दले लुटपाट बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स परिणाममुखी वार्ता र सार्थक सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । चेम्बरले नेपाल सरकार, राजनैतिक दल र सरोकारवालालाई विज्ञप्ती जारी गर्दै अनुरोध गरेको हो ।

मधेश केन्द्रित दलहरुले सिमामा पुर्याएको अवरोध र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको अर्थव्यवस्था धराशायी भएको र इन्धन तथा कच्चा पदार्थको अभावमा उद्योग धन्दा तथा कलकारखाना ठप्प भएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ । ‘स्कुल–कलेज बन्द भएका छन् भने जीवनदायी औषधिको अभावमा अति सम्वेदनशील स्वास्थ्य सेवा समेत प्रभावित भएका छन्,’ चेम्बरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘भुकम्पपिडितहरुको राहत तथा पुर्नस्थापना कार्य प्रभावित भएको छ ।’
बन्द हड्तालका कारण सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर हुनुका साथै देशका विभिन्न भागमा लुटपाटका घटनाहरु समेत हुन थालेको चेम्बरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL