Logo

भोलीबाट मट्टीतेल वितरण गर्दे निगम, ५ सय केल वितरण गिरने

भोलीबाट मट्टीतेल वितरण गर्दे निगम, ५ सय केल वितरण गिरने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले भोलीबाट मट्टीतेल वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकामा खाना पकाउनका लागि समस्या बढ्दै गएपछि तत्कालको समस्या समाधान गर्न मट्टीतेल बितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।

kerocen

 

हाल अमलेखगञ्जमा स्टकमा रहेको मट्टीतेललाई काठमाडौं ल्याएर वितरण गर्न लागिएको निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । ‘हाल काठमाडौंका डिपोमा रहेका मट्टीतेल सकिएको छ,’ उनले भने, ‘उपत्यकावासीका तत्कालका समस्या समाधान गर्न अमलेखगञ्ज डिपोमा रहेको मट्टीतेल ल्याएर वितरण गर्न लागेका हौं ।’

हाल अमलेखगञ्ज डिपोमा ५ सय किलोलिटर मट्टीतेल स्टकमा रहेको छ । उक्त मट्टीतेललाई काठमाडौं ल्याएर पालैपालो वितरण गरिने समेत निगमले जानकारी दिएको छ । जसले गर्दा केही दिनका लागि खाना पकाउन सहज हुने समेत निगमको दावी छ ।

उपत्यकावासीलाई खाना पकाउन ग्याँस तथा मट्टीतेलको अभाव बढ्दैगएपछि आजबाट टिम्बर कर्पोरेशनले दाउरा वितरण शुरु गरेको छ । कर्पोरेशनले राजधानीका २ ठाउँबाट दाउरा वितरण शुरु गरेको हो । उसले प्रतिकेजी व्यक्तिगत प्रयोजनका लागि १५ रुपैयाँ र संस्थागत तथा होटलका लागि १७ रुपैयाँ मुल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL