Logo

घर्ती बनिन नेपालको पहिलो महिला सभामुख, कांग्रेसको पनि समर्थन

घर्ती बनिन नेपालको पहिलो महिला सभामुख, कांग्रेसको पनि समर्थन


बिजखबर संवाददाता
0
Shares

ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख बनेकी छिन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले उनलाई सभामुखमा निर्वाचित गरेको छ । घर्ती सत्तारुढ दलको तर्फबाट सभामुखमा उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वा्चित भएकी हुन् ।

सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले उम्मेदारी दिएपनि थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वा्चित भएकी हुन्  . घर्तीलाई कांग्रेसले पनि समर्थन गर्ने निर्णय गरेको थियो ।

रोल्पाको जंकोटमा जन्मिएकी घतीए उपसभामुख थिइन । १ घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वा्चित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।

नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL