Logo

बालुवाटारमा बामपन्थी अर्थमन्त्रीको ‘बर्थडे सेलिब्रेसन’, केक काटेर पार्टी बैठक शुरु

बालुवाटारमा बामपन्थी अर्थमन्त्रीको ‘बर्थडे सेलिब्रेसन’, केक काटेर पार्टी बैठक शुरु



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । पौडेललाई शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहालले केक खुवाएका थिए।

laxmi

पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनुअघि केक काटेर पौडेलको ‘बर्थडे सेलिब्रेसन’ गरिएको हो । ‘आज पार्टी महासचिव तथा सचिवालय सदस्य विष्णु पौडेलको परेकाले उनलाई शुभकामना दिएर बैठक सुरु भएको हो’, प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

केही महिनायता चरम आन्तरिक विवादमा फसेको नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले यसअघि प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि प्राविधिक समस्या भन्दै बैठक बालुवाटारमा बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL